२२ असार २०८३, सोमबार
,
Latest
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोले कोकको सट्टा पानी उठाएपछि कोकलाई ४ बिलियन डलर घाटा



अ+ अ-

एजेन्सी । मंगलबार राति युरो कपको साविक विजेता पोर्चुगलले हंगेरीविरुद्ध सानदार जित निकाल्यो ।

हंगेरीको पुस्कास एरेना मैदानमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्यो । त्यसमा सर्वाधिक चर्चामा रहे स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो । उनले उक्त खेलमा रेकर्डमाथि रेकर्ड बनाए । पाँच पटक युरो खेलेका  रोनाल्डोले २ गोल गर्न सफल भए ।

रोनाल्डो यससँगै युरो कप इतिहासकै सर्वाधिक ११ गोल गर्ने खेलाडी पनि बने। भाग लिएका सबै युरो कपपमा गोल गर्ने खेलाडी पनि बने। तर खेलअघि पत्रकार सम्मेलनमा उनले गरेको व्यवहारका कारण पनि उनी चर्चामा रहे । जसका कारण पेय पदार्थ कोकाकोलाले भने भारी मुल्य चुकाउनु परेको छ ।

पत्रकार सम्मेलनमा टेबलमा राखिएको कोका कोलाको दुईवटा बोतललाई राखिएको ठाँउबाट रोनाल्डोले हटाएका थिए । त्यसको कारण कोकले आफ्नो शेयर भाउमा गिरावट आउँदा ४ बिलियन डलर घाटा बेहोर्नु परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

स्वास्थ्यप्रति निकै सचेत रहने रोनाल्डो यस्ता पेय पदार्थबाट टाढै रहन्छन् । पत्रकार सम्मेलनमा कोकको बोतल हराउँदै उनले पानीको बोतल हातमा उठाउँदै देखाएका थिए ।  

पानी पिउनु हितकर हुने उनको सन्देश थियो । उनको त्यो सन्देश सामाजिक सञ्जालमा चर्चाको विषय समेत बनेको थियो । 

समूह एफमा रहेका पोर्चुगलले आउँदो शनिबार चीरप्रतिद्वन्द्धी जर्मनीविरुद्ध खेल्दैछ ।