२२ असार २०८३, सोमबार
,
Latest
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज तीन खेल हुँदै, इटालीलाई स्वीट्जरल्यान्डको चुनौती



अ+ अ-

एजेन्सी । युरो २०२० अन्तर्गत मंगलबार रातिसम्म आइपुग्दा समूह चरणका १२ खेलहरु सम्पन्न भएका छन् । आज समूह चरणकै खेलहरुमा ३ खेल हुँदैछ । 

पहिलो खेलमा समूह बीका फिनल्यान्ड र रसिया आमनेसामने हुँदेछन् । खेल ६ः४५ बजे रसियाको क्रेस्टोभ्स्की स्टेडियममा हुनेछ । 
यसअघिको खेलमा फिनल्यान्डले डेनमार्कलाई १-० गोलले हराएको थियो भने रसिया बेल्जियमसँग ३-० गोलले पराजित हुन पुगेको थियो ।

यस्तै दोस्रो खेलमा समूह एमा टर्कीले वेल्सको सामना गर्दैछ । उद्घाटन खेलमै टर्कीले इटालीसँग ३-० गोलको पराजय भोगेको थियो । यस्तै वेल्सले स्वीट्जरल्यान्डसँग बराबरी खेल्दै अंक बाँडेको थियो । वेल्स र टर्कीबीचको खेल ९ः४५ बजे अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । 

आजै राति तेस्रो खेलमा समूह एकै इटाली र स्वीट्जरल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । खेल राति १२ः४५ बजे इटालीको स्टेडिओ ओलिम्पिको मैदानमा हुनेछ ।