एजेन्सी । युरो २०२० अन्तर्गत मंगलबार रातिसम्म आइपुग्दा समूह चरणका १२ खेलहरु सम्पन्न भएका छन् । आज समूह चरणकै खेलहरुमा ३ खेल हुँदैछ ।
पहिलो खेलमा समूह बीका फिनल्यान्ड र रसिया आमनेसामने हुँदेछन् । खेल ६ः४५ बजे रसियाको क्रेस्टोभ्स्की स्टेडियममा हुनेछ ।
यसअघिको खेलमा फिनल्यान्डले डेनमार्कलाई १-० गोलले हराएको थियो भने रसिया बेल्जियमसँग ३-० गोलले पराजित हुन पुगेको थियो ।
यस्तै दोस्रो खेलमा समूह एमा टर्कीले वेल्सको सामना गर्दैछ । उद्घाटन खेलमै टर्कीले इटालीसँग ३-० गोलको पराजय भोगेको थियो । यस्तै वेल्सले स्वीट्जरल्यान्डसँग बराबरी खेल्दै अंक बाँडेको थियो । वेल्स र टर्कीबीचको खेल ९ः४५ बजे अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ ।
आजै राति तेस्रो खेलमा समूह एकै इटाली र स्वीट्जरल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । खेल राति १२ः४५ बजे इटालीको स्टेडिओ ओलिम्पिको मैदानमा हुनेछ ।