८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

पछिल्लो समय लोकतन्त्रको गलत अभ्यास भयोः नेता भट्टराई

पछिल्लो समय लोकतन्त्रको गलत अभ्यास भयोः नेता भट्टराई
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता खिमलाल भट्टराईले पछिल्ला राजनीतिक घटनाले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा जनमतको कदर हुन नसकेको बताउनु भयो । उहाँले अहिलेको राजनीतिक अभ्यासले जनमतको कदर नगरेको दाबी गर्नुभयो । उहाँले जनताले रोजेको पहिलो पार्टी नेकपा एमाले प्रमुख प्रतिपक्षमा र संसदमा ठूलो रहेको पार्टी सहयोगीको भुमिका रहनु भनेको लोकतन्त्रको गलत अभ्यास रहेको बताउनु भयो । उहाँले लोकतन्त्रको गलत अभ्यासबाट वर्तमान चुनौतिलाई पार लगाउन नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले गरेको पछिल्लो अभ्यास । लोकतन्त्रमा जनमतको कदर हुन्छ । लोकतन्त्रमा जनमतलाई सत्कार गरिन्छ । आदर र नमन गरिन्छ । तर अहिलेको हाम्रो अभ्यासले त्यो काम गरेको छ की छैन ? हामीमाथि प्रश्न उठाइरहेको छ, लोकतन्त्रले गणतन्त्रले ? हाम्रो अभ्यास गलत छ । हामीले जुन यो पछिल्लो अभ्यास गरेका छौँ, जनमत एउटा छ । जनमतले नेकपा एमालेलाई जनताको रोजाईको पहिलो पार्टी नेपालको नेकपा एमाले हो । संसद भित्र नेपाली काँग्रेस छ, आज देशको जिम्मेवारी कसले लिने ?

नेपाली काँग्रेस सहयोगीको भुमिकामा छ, सरकारमा । नेपाली काँग्रेस संसदभित्र ठूलो पार्टी हुँदाहुँदै पनि सहयोगीको भुमिकामा छ । नेकपा एमाले प्रतिपक्षको भुमिकामा छ । यो हाम्रो गलत अभ्यास हो । तमाम चुनौतिहरु छन् । संसदको ठूलो दल सहयोगीको भुमिकामा, जनताले रोजेको सबैभन्दा ठूलो तागत प्रतिपक्षमा छ, अनि यो ठूलो संकट पार लगाउन सक्छौँ । मुख्य शक्तिको काँधमा जिम्मेवारी नै छैन, कसरी लोकतन्त्र बलियो बनाउने ? यो गम्भीर प्रश्न छ । काँग्रेसको हालत टेको लगाएर रहनुपर्ने अवस्था आएको छ । टेको बिना उभिन नसक्ने काँग्रेस भयो । किन भयो, युवाहरुले सोच्नुपर्ने बेला भयो । काँग्रेसको व्यवहार, संगठन, राजनीति ठिक छ की छैन ? यसबारे सोच्नुपर्छ ।’

नेता भट्टराईले नेपाली काँग्रेस टेको बिा उभिनै नसक्ने स्थितिमा पुगिसकेको बताउनु भयो ।