४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

आज क्रिकेटका बादशाह सचिनको जन्मदिन, तोड्न असम्भव जस्तै रहेका उनका ६ रेकर्डहरु

आज क्रिकेटका बादशाह सचिनको जन्मदिन, तोड्न असम्भव जस्तै रहेका उनका ६ रेकर्डहरु
अ+ अ-

एजेन्सी । क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरले आज जीवनको अर्धशतक पूरा गरेका छन् । अर्थात् उनी आज ५० वर्षको भए । उनको जन्म १९७३ अप्रिल २४ मा भारतको मुम्बईमा भएको थियो ।

सचिनले आफ्नो अन्तर्राष्ट्रिय डेब्यू १५ नोभेम्बर १९८९ मा पाकिस्तानविरुद्ध गरेका थिए । अन्तिम खेल १६ नोभेम्बर २०१३ मा वेस्ट इन्डिजसँग खेले । उनको करियर २४ वर्ष १ दिनको थियो । यस अवधिमा उनले कुल ६६४ खेल खेलेर ३४ हजार ३५७ रन बनाए ।

सचिनको जन्मदिनको अवसरमा आज उनले बनाएका ६ रेकर्डहरूबारे चर्चा गरौं, जुन तोड्न असम्भव जस्तै छ ।

१. सचिनको नाममा सबैभन्दा धेरै टेष्ट र एकदिवसीय खेल खेल्ने कीर्तिमान
क्रिकेटमा कुनै पनि कीर्तिमानको कुरा गर्दा सचिनको नाम सधैं आउँछ । सचिन विश्वमा २०० अन्तर्राष्ट्रिय टेस्ट खेल्ने एकमात्र खेलाडी हुन् । यस सूचीमा सचिन नम्बर एकमा छन् भने जेम्स एन्डरसन १७९ टेस्ट खेलेर दोस्रोमा छन् ।

टेस्टमा मात्रै होइन, विश्वमा सबैभन्दा बढी एकदिवसीय खेल्ने कीर्तिमान पनि उनको नाममा छ । सचिन एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल खेल्ने विश्वकै पहिलो खेलाडी पनि हुन् । सन् १९८९ मा आफ्नो एकदिवसीय करियर सुरु गरेका यी खेलाडीले आफ्नो २३ वर्षको एकदिवसीय करियरमा जम्मा ४६३ ओडीआई खेलेका छन् ।

सचिनले टीम इन्डियाका लागि १९९० देखि १९९८ सम्म लगातार १८५ ओडीआई खेले । यो आफैमा विश्व कीर्तिमान हो । एकदिवसीयमा सबैभन्दा धेरै खेल खेल्ने मामिलामा उनी पछि श्रीलंकाका महेला जयवर्धने छन्, जसले ४४८ ओडीआई खेलेका छन् । जयवर्धने उनको नजिक आए, तर यो रेकर्ड तोड्न सकेनन् ।

२. सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी
अन्तर्राष्ट्रिय क्रिकेटमा (तीनवटै ढाँचासहित) सबैभन्दा धेरै रन क्रिकेटका बादशाह सचिनको नाममा छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ३० हजारभन्दा बढी रन बनाएका छन् । उनी क्रिकेटका तीनवटै फर्म्याटमा यति धेरै रन बनाउने विश्वकै एकमात्र खेलाडी हुन् । उनको कुल रन ३४,३५७ छ । यो मामिलामा श्रीलंकाका कुमार सांगकारा दोस्रो नम्बरमा छन् । उनले २८ हजार १६ रन बनाएका छन् ।

३. अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक
विश्व क्रिकेटमा सय शतक प्रहार गर्ने खेलाडीमध्ये सचिन तेन्दुलकर एकमात्र नाम हुन् । यो ठूलो कीर्तिमान हो, जुन कुनै पनि ब्याट्सम्यानका लागि तोड्न गाह्रो छ । सचिनपछि सबैभन्दा धेरै शतक बनाउनेमा विराट कोहली (७५) पर्छन् । तेस्रो नम्बरमा अस्ट्रेलियाका रिकी पोन्टिङ (७१) को नाम आउँछ। सचिनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतक बनाएका छन् ।

४.सबैभन्दा धेरै अर्धशतक
शतकका अलावा सचिनले धेरै अर्धशतक पनि बनाए । सचिनको नाममा ७८२ इनिङ्समा कुल १६४ (तीनवटै ढाँचामा) अर्धशतक प्रहार गर्ने कीर्तिमान छ । दोस्रोमा अष्ट्रेलियाका रिकी पोन्टिङ छन् जसले १४६ अर्धशतक बनाएका छन् ।

५.अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी चौका सचिनकै नाममा
अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक चौका प्रहार गर्ने कीर्तिमान भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा छ । मास्टर ब्लास्टर सचिन तेन्दुलकरले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ४ हजार ७६ चौका प्रहार गरेका छन् । उनले टेष्टमा २०५८, ओडीआईमा २०१६ र टी–२० मा २ चौका प्रहार गरेका छन् । उनले ६६४ अन्तर्राष्ट्रिय खेलमा यी चौका प्रहार गरेका हुन् ।

६. विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी
विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि सचिन तेन्दुलकरकै नाममा छ । सचिन सन् १९९२ देखि २०११ सम्म जम्मा ६ विश्वकपमा टिममा थिए । यस क्रममा उनले ४५ खेलको ४४ इनिङ्समा २२ सय ७८ रन बनाएका थिए । सचिनले विश्वकपमा ६ शतक र १५ अर्धशतक बनाएका छन् । साथै तेन्दुलकरले एउटै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । उनले २००३ क्रिकेट विश्वकपमा ११ खेलमा ६७३ रन बनाएका थिए ।