२० आश्विन २०८१, आईतवार
,
Latest
राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन ५१,००,००५ रुपैयाँ योगदान बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको खेल स्थगित भएमा पनि नेपाल सेमिफाइनलमा पुग्ने, यस्तो छ समिकरण



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण टससमेत हुन सकेको छैन ।

मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनुपर्ने थियो तर वर्षा बाधक बनेपछि खेल सुरुआत हुन सकेको छैन ।

दिउँसो २: १५ सम्म खेल सुरु हुन नसकेमा आजको खेल स्थगित हुँदै दुबै टोलीले समान एक एक अंक बाँड्नेछन् ।
साउदीसँग एक अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक हुनेछ । यहि समिकरण अनुरुप अन्तिम खेलमा नेपाल कतारसँग पराजित भए पनि सेमिफाइनलमा पुग्नेछ ।

आजको खेलमा साउदी र नेपालले अंक बाँड्दा समूह ‘ए’ मा रहेका कतार र मलेसिया बाहिरिनेछन् । आज नेपालले अंक बाँड्दा साउदीको ३ अंक हुनेछ । बुधबार ओमान र साउदी अरेवियाबीचको खेलबाट विजेता टोली सेमिफाइनलमा पुग्नेछ । अन्तिम खेलमा ओमानलाई हराउँदा साउदीको ५ अंक हुन्छ ।

यस्तै, ओमानकोे ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक छ । अन्तिम खेलमा ओमानले साउदीलाई हराउँदा ६ अंक हुनेछ भने अंक बाँड्दा ५ अंक हुनेछ ।

कतारले अब नेपाल र मलेसियासँग खेल्न बाँकी छ । अंकबिहिन कतारले दुबै खेल जितेमा पनि ४ अंक मात्रै हुन्छ । दुई खेलमा हार र एक खेल जितेको मलेसियाले पनि अन्तिम खेलमा कतारलाई हराउँदा ४ अंक मात्रै हुन्छ ।

समूह ‘ए’ मा रहेको नेपालले दुबै खेल जितेर ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । कतार २ खेलमा जित विहीन हुँदै पुछारमा छ ।

समूह ‘बी’ मा रहेको युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ । २ खेलमा दुबै जितको हङकङ ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।
कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ भने सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ ।

उता’ टियु मैदानमा आज हुनुपर्ने हङकङ र बहराइनबीचको खेल पनि वर्षाको कारणले रोकिएको छ।

यस प्रतियोगिताको विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ भने शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।