२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको खेल स्थगित भएमा पनि नेपाल सेमिफाइनलमा पुग्ने, यस्तो छ समिकरण



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण टससमेत हुन सकेको छैन ।

मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनुपर्ने थियो तर वर्षा बाधक बनेपछि खेल सुरुआत हुन सकेको छैन ।

दिउँसो २: १५ सम्म खेल सुरु हुन नसकेमा आजको खेल स्थगित हुँदै दुबै टोलीले समान एक एक अंक बाँड्नेछन् ।
साउदीसँग एक अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक हुनेछ । यहि समिकरण अनुरुप अन्तिम खेलमा नेपाल कतारसँग पराजित भए पनि सेमिफाइनलमा पुग्नेछ ।

आजको खेलमा साउदी र नेपालले अंक बाँड्दा समूह ‘ए’ मा रहेका कतार र मलेसिया बाहिरिनेछन् । आज नेपालले अंक बाँड्दा साउदीको ३ अंक हुनेछ । बुधबार ओमान र साउदी अरेवियाबीचको खेलबाट विजेता टोली सेमिफाइनलमा पुग्नेछ । अन्तिम खेलमा ओमानलाई हराउँदा साउदीको ५ अंक हुन्छ ।

यस्तै, ओमानकोे ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक छ । अन्तिम खेलमा ओमानले साउदीलाई हराउँदा ६ अंक हुनेछ भने अंक बाँड्दा ५ अंक हुनेछ ।

कतारले अब नेपाल र मलेसियासँग खेल्न बाँकी छ । अंकबिहिन कतारले दुबै खेल जितेमा पनि ४ अंक मात्रै हुन्छ । दुई खेलमा हार र एक खेल जितेको मलेसियाले पनि अन्तिम खेलमा कतारलाई हराउँदा ४ अंक मात्रै हुन्छ ।

समूह ‘ए’ मा रहेको नेपालले दुबै खेल जितेर ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । कतार २ खेलमा जित विहीन हुँदै पुछारमा छ ।

समूह ‘बी’ मा रहेको युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ । २ खेलमा दुबै जितको हङकङ ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।
कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ भने सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ ।

उता’ टियु मैदानमा आज हुनुपर्ने हङकङ र बहराइनबीचको खेल पनि वर्षाको कारणले रोकिएको छ।

यस प्रतियोगिताको विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ भने शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।




भर्खरै