• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

म्यान्चेस्टर युनाइटेड एफए कपको फाइनलमा, उपाधिका लागि म्यान्चेस्टर सिटीसँग भिड्ने



एजेन्सी । म्यान्चेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनल खेलमा ब्राइटनलाई पेनाल्टीमा हराउँदै युनाइटेडले फाइनलमा स्थान बनाएको हो ।

निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त समयमा पनि दुबै टिमबाट गोल हुन नसक्दा खेलको छिनोफानो पेनाल्टीबाट लागेको हो । जसमा युनाइटेड ७–६ ले विजयी बन्यो । ब्राइटनका सोली मार्चले गोल गर्न चुके । युनाइटेडका भिक्टर लिन्डेलफले अन्तिममा गोल गर्दै युनाइटेडलाई जित दिलाए ।

अब फाइनलमा म्यान्चेस्टर डर्बी हुने भएको छ । फाइनल खेल जुन ३ मा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडबीच वेम्ब्ली स्टेडियममा हुनेछ ।