९ श्रावण २०८३, शनिबार
,
Latest
सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले सिंगापुरलाई २०१ रनले हरायो



अ+ अ-

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत युएईले सिंगापुरविरुद्ध सानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा ४७२ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७० रनमात्रै बनाउन सक्यो ।

सिंगापुरका लागि मनप्रित सिंहले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । ६४ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । थिलिपन ओमाइदुराईले ५६ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, अरित्र दत्त र सुरेन्द्रन चन्द्रमोहनले समान ३८र३८, विनोथ भास्करनले १८, अब्दुल रहमान भदेलियाले १६ रन जोडे ।

युएईको बलिङतर्फ आयान अफजल खान, कार्तिक मियप्पन र सञ्चीत शर्माले दुई–दुई विकेट लिँदा रोहन मुस्ताफा, जुनैद सिद्धिकी र जहुर खानले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै चार सय ७१ रनको योगफल तयार गरेको थियो । युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रनको योगदान दिए । एक सय ३३ बल खेलेका उनले १७ चौका र सात छक्काको मद्दतमा एक सय ७४ रन जोडेका हुन् ।

त्यसैगरी युएईका कप्तान मोहम्मद वासिमले उक सय ६० रन जोडे । उनले ८२ बलमा नौ चौका र १६ छक्काको मद्दतमा एक सय ६० रन बनाएका हुन् । आयन अफजल खानले ७४ रन बनाए । उनले ५० बलमा नौ चौका तीन३ छक्कासहित ७४ रन बनाएका हुन् ।

यस्तै युवा ओपनर आर्यन लाक्रा सात बलमादुई २ चौकासहित १२ रनमा आउट भए । आसिफ खान ११ तथा रोहन मुस्तफा तीन रनमा आउट भए । बलिङतर्फ सिङ्गापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे । त्यस्तै विनोथ भास्करनले दुई विकेट लिदाँ मनप्रित सिंहले एक विकेट लिए ।