२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन: चितवन–२ मा रोकिएका दुई केन्द्रमा मतदान सुरु



अ+ अ-

चितवन । चितवन–२ का दुई वटा केन्द्रमा रोकिएको मतदान सुरु भएको छ ।

भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि केन्द्र र भरतपुर–७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।

नयाँकिरणमा रास्वपाका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११:३० बजेबाट मतदान स्थगित भएको थियो । नाराबाजीको क्रममा मतदानस्थल बाहिर केहीबेर झडप पनि भएको थियो ।

स्थिति नियन्त्रणमा लिन मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिई विद्यालयको मूल गेट बन्द गरेको थियो । कृष्णपुर माविमा पनि लामिछानेले भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै विरोध गरेपछि मतदान रोकिएको थियो ।

अहिले अवस्था सामान्य भएपछि पुन: मतदान सुरु भएको छ ।