१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानले आमिरलाई दिए आफ्नो ब्रासलेट उपहार !



अ+ अ-

एजेन्सी । आमिर खान हालै सलमान खानकी बहिनी अर्पिता शर्माको इद पार्टीमा सहभागी भएका थिए । यस क्रममा सलमानको लक्की चार्म अर्थात् उनको ब्रासलेट आमिरको हातमा देखिएको थियो । सलमान ‘भाइजान’को निलो स्टोन लक्की ब्रासलेट, जुन उनले वर्षौंदेखि लगाएका छन् । आमिरको यो भिडियो सामाजिक सञ्जालमा चर्चामा छ ।

आमिरको हातमा रहेको यो ब्रासलेट देखेपछि सलमान खानले आमिरलाई आफ्नो लक्की ब्रासलेट उपहार दिएको हुन सक्ने अनुमान गरिएको छ । यस्तो अनुमान यसकारण पनि भइरहेको छ कि जब सलमान यस ईदमा आफ्नो ग्यालेक्सी अपार्टमेन्टबाट बाहिर निस्किए तब उनको हातमा यो ब्रासलेट थिएन ।

आमिरको हातमा ब्रासलेट देखेपछि फ्यानहरूले भिडियोलाई लिएर कडा प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले कमेन्ट सेक्शनमा लेखेका छन्– ‘सलमान भाइको ब्रासलेट आमिर भाइले हिजोदेखि लगाएका छन्, आज पनि भाइ बालकनीमा आउँदा पनि उनको हातमा यो ब्रासलेट थिएन र पार्टीको समयमा पनि थिएन ।’ अर्का फ्यानले लेखेका छन्– ‘आमिरको हातमा भाइजानको ब्रासलेट ।’ तेस्रो फ्यानले लेखे– ‘आमिर आफ्नो लुगामा धेरै पैसा खर्च गर्दैनन् ।’

सलमानका पिता तथा लेखक सलीम खानले उनलाई आफ्नो बहुमूल्य ब्रासलेट दिएका थिए । जब सलमान सानो थिए, उनलाई सलिमको यो ब्रासलेटसँग खेल्न मन पर्थ्यो । त्यसैले सलीमले उनलाई यो ब्रासलेट सदाका लागि दिए, त्यसैले सलमानलाई यो ब्रासलेट निकै प्रिय छ ।