११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

चितवनमा रवि लामिछानेमाथि हुलहुज्जत, मतदान स्थगित

चितवनमा रवि लामिछानेमाथि हुलहुज्जत, मतदान स्थगित
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि हुलहुज्जत भएपछि चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित नयाँ किरण माध्यमिक विद्यालयमा मतदान स्थगित भएको छ ।

मतदान केन्द्रको अवलोकन गर्न जाने क्रममा केही व्यक्ति लामिछानेमाथि जाइलागेको बताइएको छ । लामिछाने आफ्ना केही सहयोगीसहित उक्त विद्यालयको बुथतर्फ जाँदा त्यहाँ रहेका समर्थकहरुले उहाँको पक्षमा नाराबाजी गरेपछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेका थिए ।

लामिछानेका समर्थकहरुले ‘रवि दाइ हाइ हाइ’ गर्दै नाराबाजी भएपछि ‘के को हाइ हाइ?अहिले नाराबाजी गर्न पाइन्छ ? आचारसंहिता लाग्दैन ?’ भन्दै केही युवाहरुले हुलहुज्जत गरेका थिए । त्यसपछि प्रहरीले लामिछानेलाई सुरक्षा दिएर लगेको थियो भने हुलहुज्जत गर्ने युवाहरु र प्रहरीबीच झडपसमेत भएको थियो ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहेराले त्यसबेला सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहँदा एक कार्यकर्ताले उनको मोबाइल खोसेर फ्याकिदिएको सार्वजनिक भिडियोमा देखिन्छ ।

चितवन क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका लामिछानेलाई कुनै चोटपटक नलागेको बोहोराले बताउनुभयो । उहाँले त्यहाँ पार्टीका तर्फबाट कुनै नाराजुलुससमेत नगरिएको न्युजपोलारलाई बताउनुभयो ।

“हामी हिँडिरहेकामात्र थियौँ । सभापतिज्यूले सबैलाई अभिवादन फर्काइरहनुभएको थियो । बाटोमा बसिरहेकाहरुले उहाँको समर्थनमा नारा लगाउनुभयो । हामी उहाँहरुलाई नारा नलगाउन भनिरहेका थियौंं । त्यत्तिकैमा आक्रमण भयो”, उहाँले भन्नुभयो ।

त्यहाँ अहिले तनाव भएपछि मतदान रोकिएको छ । मतदान सुचारु गर्न सर्वदलीय बैठकको आह्वान गरिएको बताइएको छ ।