११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइयो

राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइयो
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइएको छ ।

काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आज ३० औं पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो । काठमाडौंको चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी ३० औं स्मृति दिवस मनाइएको छ ।

स्मृति दिवसको अवसरमा पासाङ ल्हामु प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी राष्ट्रिय विभुति शेर्पाकी छोरी आङ फुटी शेर्पाले शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै संसारभरका महिलाका लागि पासाङ ल्हामु प्रेरणाको श्रोत भएको बताउनु भयो । उहाँले फाउण्डेशनको तर्फबाट पनि हिमाल आरोहणको चाहना राख्ने महिलालाई आवश्यक सहयोग गरिरहेको र राज्यले पनि यस्ता सहयोगका कार्यमा थप अग्रसरता देखाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले देशमा नै हिमाल आरोहीलाई सम्मान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले संसारभरका महिलालाई शासहरुपी प्रेरणा दिनुभएको थियो । हामीले हिमाल आरोहणमा चाहना गर्ने महिलालाई फाउण्डेशनको तर्फबाट सहयोग गरिरहेका छौँ । राज्यले पनि त्यसमा अझै सहयोग गरिदिनुपर्छ, जो महिलाहरु चाहना राख्नुहुन्छ तर विविध कारणवश हिमाल आरोहण लगायतका गतिविधि गर्न सकिरहनुभएको छैन, उहाँहरुलाई राज्यले हेर्नुपर्छ । आरोहीहरुलाई बाहिर देशमा सम्मान होइन, आफ्नै देशमा सम्मान गर्न सक्नुपर्छ ।’

त्यस्तै पासाङ ल्हामु प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष लाक्पा फुटी शेर्पाले पासाङ ल्हामु शेर्पाका सपनाहरु आज आएर साकार भइरहेको देख्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले पासाङ ल्हामु शेर्पाले देशका लागि केही गर्छु भन्ने भोक रहेको र उहाँको आत्मविश्वासलाई देखेर नै आजका महिलाहरुमा थप काम गर्ने इच्छा, चाहना र प्रेरणा प्राप्त भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँको देशका लागि, समुदायका लागि केही गर्छु भन्ने सपना थियो, त्यो अहिले पनि जीवित रहेको छ जस्तो लाग्छ । उहाँको सपना देशका लागि केही गर्छु भन्ने थियो, त्यो सपना आज साकार भइरहेको छ । उहाँको आत्मविश्वासदेखेर अहिलेसम्म ७० बढी महिलाहरुले हिमाल आरोहण गरिसक्नुभएको छ ।’

त्यस्तै पूर्वमन्त्री कृपाशुर शेर्पाले पासाङ ल्हामु शेर्पाको स्मृति दिवस इज्जत, प्रतिष्ठा र गौरवको रुपमा मनाइएको बताउनु भयो । उहाँले उहाँको जीवनीले नयाँ पुस्तालाई उत्साह, जोश जाँगर प्रदान गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शासही पर्यटन प्रवद्र्धनको क्षेत्रमा नेपाली नारीले विश्व रेकर्ड जुन कायम गर्नुभएको छ, यसमा इज्जत, प्रतिष्ठा र गौरवको दिनमा आजको दिन मनाउने गरिएको छ । यसले नयाँ पुस्तालाई उत्साह, जोश जाँगर प्रदान गर्छ ।’

त्यस्तै खुम्बु पासाङल्हामू गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले पासाङल्हामू शेर्पाको कदरका लागि गाउँपालिकामा संग्रहालय बनाउन लागेको बताउनु भयो । उहाँको नाममा विभिन्न कोषहरुको स्थापना गरी आवश्यक परेकाहरुलाई सहयोग गर्नेतिर पनि गाउँपालिकाले योजना बनाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँको गरिमा,महत्व र शासहलाई हामी सबैले मिलेर उजागर गर्न जरुरी छ । उहाँको सम्झनामा हामीले गाउँपालिकामा पासाङ ल्हामू संग्रहालय बनाउने योजनामा छौँ । उहाँको गरिमालाई उच्च बनाउने काम गर्ने कुरा भइरहेको छ ।’

पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला हुनुहुन्छ । उहाँले २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । त्यो भन्दा पहिला तीन पटकसम्म सगरमाथा चढ्ने प्रयास असफल भयाको थियो । सगरमाथाको शिखरबाट श्रीमान सोनाम छिरिङसँग फर्कने क्रममा उहाँको निधन भएको थियो ।