८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्शदीपले मुम्बईविरुद्धको खेलमा दुईपटक स्टम्प भाँचिदिएर आईपीएललाई २० लाख घाटा पारे



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको रोमाञ्चक खेलमा पञ्जाव किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गर्यो । शनिबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा अर्शदीप सिंहले अन्तिम ओभरमा १६ रन बचाए । सोही ओभरमा उनले आईपीएल व्यवस्थापनलाई भने घाटा पारेका छन् ।

२ सय १५ रनको लक्ष्यको अगाडि मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो । अन्तिम ओभरमा १६ रन आवश्यक थियो । अर्शदीप सिंहको अगाडि मुम्बईका टिम डेभिड र तिलक वर्मा क्रिजमा थिए । डेभिडले पहिलो बलमा सिंगल लिए, दोस्रो बल डट थियो ।

तेस्रो बलमा अर्शदीपले फुलर लेन्थ योर्कर फाँक्दै तिलकलाई बोल्ड गरे । अर्शदीपले चौथो बल धेरै फुलर लम्बाइमा बोल्ड गरे, यस पटक नेहल वढेरा बोल्ड भए । दुवै ब्याट्सम्यानको मिडल स्टम्प भाँचिएको थियो । अर्शदीपले अन्तिम २ बलमा एक रन दिएर आफ्नो टोलीलाई १३ रनले जित दिलाए ।

आईपीएलमा एलईडी स्टम्प प्रयोग गरिन्छ । एक स्टम्पको लागत करिब १० लाख रुपैयाँ(भारु) पर्न जान्छ । अर्शदीपले लगातार २ बलमा स्टम्प भाँचिदिए । यसरी अर्शदीपले २ बलमा आईपीएल व्यवस्थापनलाई २० लाख रुपैयाँ घाटा बनाएका छन् । उनको ओभर आईपीएल व्यवस्थापनका लागि सबैभन्दा महँगो ओभर हुनसक्छ तर उनले ओभरमा २ रन मात्र दिएर आफ्नो टोलीलाई जित दिलाए ।