१६ भाद्र २०८३, मंगलवार
,
Latest
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगको स्पष्टीकरण



फाईल फोटो
अ+ अ-

काठमाडौँ । निर्वाचन आचारसंहिताविपरीत काम गरेको भन्दै निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग स्पष्टीकरण मागेको छ ।

उपनिर्वाचनका क्रममा मतदान भइरहेका बेला मुख्यमन्त्री यादव आज सरकारी गाडी र सुरक्षाकर्मीसहित बारा क्षेत्र नम्बर २ को पचरौता नगरपालिका क्षेत्रमा गएपछि आयोगले उहाँलाई स्पष्टीकरण मागेको हो ।

“निर्वाचन आचारसंहिता विपरीत हुने गरी उहाँलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो ? भनी स्पष्टीकरण सोधेको छ”, आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले मुख्यमन्त्री यादवलाई पचरौता जाँदा प्रयोग गरेको गाडी, सुरक्षा व्यवस्था सरकारको हो वा होइन भनेरसमेत सोधेको छ । मुख्यमन्त्री यादवलाई आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।