२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमेयरसहित जनप्रतिनिधिले गरे महानगरको परिषद् बहिष्कार



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमयेरसहितका जनप्रतिनिधिलेको नगरपरिषद् बहिष्कार गरेका छन् । महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‍मा लैजान खोजिएको भन्दै उपमयेरसहितका जनप्रतिनिधिलेको नगरपरिषद् बहिष्कार गरेका हुन् ।  

बिहाना ११ बजे बस्ने भनिएको काठमाडौं महानगरपालिकाको नगरपरिषद्मा महानगर प्रमुख विद्यासुन्दर शाक्यले कार्यपालिका बोर्डबाट पारित नै नभएको नीति तथा कार्यक्रम परिषद्‍मा लैजान लागेको भन्दै आफूहरुले बहिष्कार गरेको उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् ।

नगरपरिषद बहिष्कार गर्नेमा १४ जना वडा अध्यक्षहरु समेत रहेका छन् । नगरपरिषदमा मेयरले एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको उनिहरुको आरोप रहेको छ ।

उनिहरुले महानगरवासीलाई सञ्चित कोषबाटै कोरोनाविरुद्धको खोप खरिद गरेर उपलब्ध गराउनुपर्ने , वीर अस्पतालको कोभिड विशेष अस्पताललाई महानगरकै अगुवाईमा क्रियाशील बनाउनुपर्ने , करको दायरा बढाएर कर कम गरी जनतालाई राहत दिनुपर्ने लगायतका माग राखेका छन् ।