काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू निकट स्थायी कमिटी सदस्यको बैठक बोलाएका छन् । उनले यी कमिटी सदस्यलाई भर्चुअल बैठक बोलाएका हुन् ।
बैठक केहीबेरमा सुरु हुँदैछ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।