१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईदले आपसी सहिष्णुता र सहकार्य थप सुदृढ बनाएको छ: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ईद (ईद उल फित्र)पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको बताउनुभएको छ ।

ईद पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

“ईद उल फित्र पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ । सामाजिक र सांस्कृतिक विविधतामा जनताबीच कायम हुने एकता नै नेपालको राष्ट्रिय सामथ्र्य हो । यसै एकताको भावनाले नै आपसी सहिष्णुता र सहयोग प्रवद्र्धन गर्दै नेपाललाई प्रगतिको बाटोमा अगाडि बढाउन सकिन्छ”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले यस पर्वले नेपाली जनताबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गर्न प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षासमेत व्यक्त गर्नुभएको छ । रासस