• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको रु ३६ लाख बराबरको सामान बरामद



फाईल फोटो

नवलपुर । भन्सारबाट चोरी पैठारी गरी नेपाल भित्र्याएको विभिन्न सामग्री जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले बरामद गरेको छ ।

सुरक्षा जाँच गर्ने क्रममा शुक्रबार साँझ भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको करिब रु ३६ लाख बराबरको सामग्रीसहित ग२ख १५०३ नंको ट्रक प्रहरीले बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तोष पठकले प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा भन्सार चोरी पैठारी गरी ल्याइएको कुर्ता सुरुवाल, सल, टप्स, कुर्ता सेट, लाइटर, हुक्का फेलेवर, गोट्टीवाला रेन्ची, पूजा थाली, विभिन्न ब्रान्डका एन्ड्रोयड मोबाइल फोन, शरीरमा लगाउने अत्तर, तेल, मालाको दाना, केमिकल, रोलगोलको तिलहरि, झुम्का, चन्द्रमा, मङ्गलसुत्र पोते, ब्रासलेट, सिरबन्दी रानीहार, सेतो माला औँठी, बाला, साडी, ढाकाको कपडा, ४५ किलो दरको युरिया मल दुई सय २० बोरा बरामद गरेको जानकारी दिनुभयो ।

प्रहरीले शुक्रबार बरामद गरेको सामग्रीको मूल्य अन्दाजी रु ३५ लाख ९१ हजार २२ रहेको पाठकले बताउनुभयो । प्रहरीले बरामद गरेको सामग्रीसहित ट्रकलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्लाको त्रिवेणी भन्सार कार्यालय पठाइएको पाठकले जानकारी दिनुभयो । साथै प्रहरीले चालु आर्थिक वर्षको हालसम्म अवैध सामग्री बरामद गरी रु पाँच करोड एक लाख ७७ हजार राजस्व सङ्कलन गर्न सफल भएको पाठकले बताउनुभयो ।रासस