१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री

कौसी खेतीमा रमाउँदै बेनीका महिला

कौसी खेतीमा रमाउँदै बेनीका महिला
फाईल फोटो
अ अ+ अ-

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबजारको हुलाक चोककी साधनाकुमारी श्रेष्ठ पेसाले सरकारी कर्मचारी हुनुहुन्छ । इन्द्रेणी टोलकी भावना पौडेल र पूर्ण राम्जाली गृहिणी हुनुहुन्छ । उहाँहरुको फुर्सदको समय घरको छतमा गरिएको कौसी खेतीमा बित्ने गर्छ ।

म्याग्दी सदरमुकाम बेनी बजारका प्राय: सबै घरका छतमा घिरौँला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन् । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका लागिसमेत जमिन नभएपछि स्थानीयले घरको छतमा तरकारी खेती गर्न थालेका हुन् । छतमा राखिएका गमलामा लटरम्म फलेका टमाटर, घिरौँला, करेला, काँक्रा, सिमी, खुर्सानीदेखि लिएर स्ट्रबरी, कागतीलगायत तरकारी र फलफूलले घरका छत भरिएका छन् ।

चार–पाँचतला माथिका छतमा लटरम्मै फलेका तरकारी र फलफूल देख्दा सबैलाई लोभ्याइरहेको छ । आफूमा इच्छा शक्ति र जाँगर भयो भने छतमै हरियाली तरकारी फलाउन सकिने उदाहरण बनेका छन्, म्याग्दीको बेनीबजारका महिला । बेनी नगरपालिका–७ इन्द्रेणी टोलकी पूर्ण राम्जालीलले पाँचतलामाथि डल्ले खुर्सानी फलाउनुभएको छ ।

फुर्सद मिल्यो कि छतमा जाने तरकारी गोडमेल गर्ने, पानी हाल्ने कार्यमै समय खर्चने गरेको साधना श्रेष्ठ बताउनुहुन्छ । छतमा लटरम्म फलेका तरकारीले मनलाई प्रफुल्लित बनाउने गरेको उहाँको अनुभव छ । श्रेष्ठलाई खाली समय त्यसै बिताउन मन लाग्दैन । सुरुमा युट्युब हेरेर छतमा तरकारी लगाउन थालेका यहाँका महिला पछिल्लो समय नगरपालिकाले कौसी खेतीसम्बन्धी तालिम र आवश्यक सामग्री दिएपछि झन् उत्साहित भएका छन् । तरकारी किनेर खानु नपरेको उहाँहरुको भनाइ छ ।

जमिनमा लगइएको तरकारीको तुलनामा छिटो उत्पादन लिन पाइने, रोग कीरा कम लाग्ने हुँदा व्यवस्थित तरिकाले खेती गरियो भने तरकारी किन्ने पैसा बचत हुने पूर्ण राम्जालीले बताउनुभयो । आफ्नो जग्गा नभए पनि घरमा खान पुग्ने तरकारी फलाउन सकिएको उहाँले जानकारी दिनुभयो ।

बजारमा डल्ले खुर्सानीको मूल्य आकासिएको अवस्थामा घरमा आउने आफन्त र छिमेकीलाई उहाँले डल्ले खुर्सानी कोसेली दिएर पठाउनुहुन्छ । छतमा करिब ४१ बोटबाट खुर्सानी टिपेकी राम्जालीले हङकङ र युकेमा रहेका परिवारका सदस्यलाई पठाउन बट्टामा समेत राख्नुभएको छ । विगत डेढ दशक नियमित कौसीखेती गर्दै आएकी उहाँलाई श्रीमान्ले समेत नियमित सघाउनु हुन्छ ।

करिब नौ फिटको छतमा फूलसँगै हावापानी अनुसार उत्पादन हुने फर्सी, लौका, लसुन, धनियाँ, भिन्डी, बोडी, गोलभेँडालगायत विभिन्न थरीका तरकारी अटाएका छन् । खुर्सानीसँगै विभिन्न प्रजातिका तरकारी खेतीको लहराले घर नै आकर्षक देखिएको छ ।

“आलु र दाल मात्रै किने भयो, फरक–फरक खालका तरकारी सबै छतभरि नै लटरम्म फलेका छन्, जमिनमा तरकारी लगाउँदा रोग कीरोले धेरै सताउँथ्यो, गाईवस्तुले खाने समस्याले पिरोल्थ्यो भने छतमा लगाइएको तरकारीमा रोग कीरो कम लाग्ने गरेको पाइएको छ”, अर्की गृहिणी भावना पौडेलले भन्नुभयो ।

यहाँका महिलाले छतमा तरकारी लगाउन थालेको करिब दश वर्ष भयो । जिल्ला हुलाक कार्यालय म्याग्दीकी प्रमुख रहँदा साधनाकुमारी श्रेष्ठले छतमा तरकारी खेती सुरु गर्नुभएको थियो । उहाँको कौसीखेती देखेर यहाँका अन्य महिलाले पनि छतमा तरकारी फलाउन थालेका हुन् । बिहानसाँझ खाना पकाउँदा आवश्यक परेका बेला छतमा गएर तरकारी टिप्ने र पकाउने गरिएको श्रेष्ठले बताउनुभयो ।

यहाँका महिलाहरुले तरकारीका अलावा छतमा कुखुरापालन, बट्टाइँपालनसमेत गरेका छन् । “तरकारीमा मलका लागि कुखुरा र बट्टाइँ पालिएको छ, चारजनाको परिवारलाई छतमै फलेका तरकारीले पुगेको छ, बजारमा कहिलेकाहीँ नयाँ तरकारी पाइयो भने किनिन्छ नत्र घरमै उत्पादन भएकाले पुगेकै छ”, श्रेष्ठले भन्नुभयो ।

श्रेष्ठले काँक्रा, घिरौँला, सिमी, काउली, बन्दा, प्याज, धनियाँ, खुर्सानी, लौका, गोलभेँडा मात्रै होइन आलु पनि छतमै फलाउनुहुन्छ । उहाँको छतमा सबैजसो तरकारी पाइन्छ । “बजारमा बस्नेहरुलाई करेसाबारी भनेकै छत हो, यसरी तरकारी फलाउन थालेको एक दशक भयो, मेहनत र जाँगर भयो भने तरकारी लगाउन जग्गा नै चाहिँदैन, छतमै आफूलाई खान पुग्ने तरकारी फल्छ”, उहाँले भन्नुभयो ।

इन्द्रेणीटोलकी पूर्ण राम्जालीले गाउँबाट कम्पोष्ट मल ल्याएर प्रयोग गर्ने गर्नुभएको छ । राम्जालीको सिको गर्दै इन्द्रेणी टोलका अधिकांश घरमा कौसी बगैँचा छन् । कौसी बगैँचालाई बेनी–७ ले समेत अनुदान दिने गरेको छ । व्यक्तिगतरुपमै सामान्य लगानीमा सानो–ठूलो परिवारलाई पुग्ने तरकारी फलाउन सकिने भएकाले पनि कौसी खेतीलाई प्रोत्साहन गरिएको वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

“कौसीखेतीले विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्छ, कौसीखेतीबाटै तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ”, उहाँले भन्नुभयो, “कौसीखेतीका लागि गत आर्थिक वर्षमा रु डेढ लाख बजेट विनियोजन भएको थियो, त्यो बजेटमा गमला वितरण, नि:शुल्क तालिम र प्राविधिक सहयोग गरिएको थियो ।” कौसीखेतीमार्फत घरको फोहर घरमै व्यवस्थापन गर्न सकिने र तराईबाट आउने विषादीयुक्त तरकारी प्रयोग गर्न नपर्ने भएकाले पनि सम्भव भएसम्म घरको छत, कौसी र बरन्डालाई करेसाबारीका रूपमा उपयोग गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

बेनीमा कौसी खेती गरिए पनि प्रविधिको ज्ञान नहँुदा समस्या भइरहेको बजारवासीको भनाइ छ । बेनीमा बर्सेनि करोडौँको तरकारी आयात हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार प्लास्टिकको गमलामा समेत खेती गर्न सकिन्छ । करिब रु पाँच हजारको लगानीले पाँच वर्षसम्म नियमित तरकारी खेती गर्न सकिन्छ । गमलासहित केही आवश्यक सामानको खरिद गरी घरमै नर्सरीको स्थापना गरेमा लामो समयसम्म प्रयोग गर्न सकिने कृषिका जानकार बताउँछन् ।

कौसी खेती गर्नेलाई तालिम र प्राविधिक सहयोग

बेनी वडा नं ७ ले कुहिने फोहोरलाई कौसीखेतीमा प्रयोग गर्न वडावासीलाई तालिम दिएको छ । पछिल्लो समय छतमा फलाउने र भान्सामा पकाउनका लागि कौसी खेतीमा आकर्षित वडावासीलाई लक्षित गरी शुक्रबारदेखि सञ्चालित तालिमको उद्घाटन गर्दै नगर प्रमुख सुरत केसीले नगद नभई प्राविधिक र अनुदानमा उपकरण उपलब्ध गराई किसानलाई आत्मनिर्भर बनाउने बताउनुभयो ।

उपप्रमुख ज्योति लामिछानेले कौसी खेतीमा महिलाको सक्रियतालाई प्रोत्साहन गर्न हरेक वर्ष अनुदानसहितको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । वडाअध्यक्ष एवम् नगर प्रवक्ता श्रेष्ठले कौसी खेती गर्ने किसानलाई पचास प्रतिशत अनुदानमा कम्पोस्ट बिन उपलब्ध गराइएको बताउनुभयो । वडाभित्र कौसीखेती रहेकाले आवश्यक पर्ने मल प्रविधि, बिरुवा, गमला, अग्र्यानिक विषादी वितरण लगायतका अन्य कार्यक्रमसमेत सञ्चालन गर्ने जनाउँदै कुहिने फोहोरको घरेलु र वैज्ञानिक व्यवस्थापन गर्न कौसीखेती प्रोत्साहित गर्दै आएको बताउनुभयो । रासस