१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध

पृथ्वी दिवसका अवसरमा ललितपुरमा साइकल र्याली

पृथ्वी दिवसका अवसरमा ललितपुरमा साइकल र्याली
अ अ+ अ-

पाटन । पृथ्वी दिवसका अवसरमा आज ललितपुरमा साइकल र्याली सम्पन्न भएको छ । नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल र्याली गरिएको हो ।

साइकल र्यालीको शुभारम्भमा धारणा राख्दै नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले यो महत्वपूर्ण कार्यक्रममार्फत नेपाली समुदायसँग सहकार्य गर्न पाएकामा निकै खुसी लागेको बताउनुभयो ।

“नेपाल प्राकृतिक हिसाबले राम्रो देश हो, यो साइकल यात्रा कार्यक्रम गरेको राम्रो हो, वातावरण संरक्षणका लागि विश्वका सबै देशले यस्ता कार्यलाई प्राथमिकता दिनुपर्छ, सबै देशका नागरिक, देश र विश्वकै वातावरणका लागि महत्वपूर्ण छ”, राजदूत थम्पसनले भन्नुभयो । उहाँले महालक्ष्मी नगरपालिका–८ को स्वास्थ्यचौकी परिसरमा वृक्षरोपणसमेत गर्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले साइकल ¥यालीले ‘स्मार्ट सिटी’ बनाउने महानगरको अभियानलाई सहयोग पुग्ने बताउनुभयो । “ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियानअन्तर्गत नेपालमा पहिलोपटक हामीले साइकल लेन बनाएका छौँ, अहिलेसम्म हामीले ३२ दशमलव पाँच किमी साइकल लेन बनाइसकेका छौँ, साइकल र्याली हुनु खुसीको कुरा हो”, प्रमुख महर्जनले भन्नुभयो, “साइकल चढ्नु स्वास्थ्यका लागि पनि राम्रो छ, यस्ता कार्यक्रमले हाम्रो कामलाई पनि सहयोग मिलेको छ ।” उहाँले साइकलको प्रयोगबाट पेट्रोलियम पदार्थलाई विस्थापित गर्न र आर्थिक बचतका लागि सहयोग पुग्ने बताउनुभयो ।

अमेरिकन राजदूतावसको सहयोगमा नुसान र आइएसएसआरको संयुक्त कार्यक्रमका लागि ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले समन्वय गरेका हुन् ।

आज विश्वभर विभिन्न कार्यक्रमका साथ पृथ्वी दिवस मनाइँदैछ । हरेक २२ अप्रिलका दिन एक सय ९२ भन्दाबढी राष्ट्रमा पृथ्वी दिवस मनाइन्छ । पृथ्वीको पर्यावरणका बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको यो एउटा महत्वपूर्ण दिवस हो ।

सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्तऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाका लागि एक दिनको माग गरेका थिए । पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाका रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुआत गर्नुभयो । त्यस दिनदेखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसारभर विश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पु¥याएको थियो । त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । रासस