३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु



अ+ अ-

धनगढी । कैलालीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

स्कारपियोमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय वसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाँण चन्द रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । हरिद्वारबाट आएको उक्त स्कारपियो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।