२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक वृद्धिको आधार तयार पार्न हामी सबै जुट्नुपर्छः अध्यक्ष ढकाल



file
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ दशकमा नयाँ उत्साहका साथ हामी अगाडि बढ्न चाहेको भए पनि अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर जानुपर्नेमा जोड दिनुभयो ।

‘बाह्रखरी मिडिया’ले गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आर्थिक वृद्धिको आधार तयार पार्न हामी सबै जुट्नुपर्छ । बजारमा माग बढाउनु जरुरी छ । इन्धनको मागमा वृद्धि गरेर जानुपर्छ । राज्य र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न सकिन्छ ।”

उहाँले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनेसम्बन्धी संसद्मा विचाराधीन विधेयकप्रति गुनासो गर्नुभयो । कार्यक्रममा अर्थशास्त्री अच्यूत वाग्लेले अर्थतन्त्रसँग जोडिएको विषय समेटिएको कार्यपत्र पेस गर्नुभएको थियो । यस्तै कार्यक्रममा अर्थतन्त्रसँग जोडिएका अन्य विभिन्न चार वटा कार्यपत्र पेस गरिएको थियो ।