२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ: सम्मानित नेता खनाल



अ+ अ-

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनैपनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिवार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागि हुन जनकपुरधाम जानुभएका सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो ।

जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताउनु भयो । उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उहाँले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताउनु भयो ।

उहाँले वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको समेत बताउनु भयो । देशको विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताउनु भयो ।
सम्मानित नेता खनालले राष्ट्रियतामाथि संकट बढीरहेको बताउनु भयो ।