१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध

एमालेको ग्रासरुट अभियानको समीक्षाः ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ

एमालेको ग्रासरुट अभियानको समीक्षाः ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट बुद्धिजीवी परिषद्ले पार्टीले सुरु गरेको ‘मिसन ग्रासरुट अभियान’को काठमाडौंमा शुक्रबार समीक्षा गरेको छ । परिषद्को आयोजनामा अभियानको समीक्षा गरेकोे थियो ।

‘मिसन ग्रासरुटः अनुभव र सिकाइ’ शीर्षकमा आयोजना गरिएको कार्यक्रमा परिषद्को तर्फबाट अभियानमा भएका गतिविधिको विषय प्रस्तुती र उक्त प्रस्तुतीमा टिप्पणी गरिएको थियो ।

कार्यक्रम प्रमुख अतिथिको रूपमा उपस्थित महाचिव शंकर पोखरलले यो अभियान नेपालको इतिहासमै ठुलो र वृहत् भएको बताए । उनले नेपालमा कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सक्दैन भन्ने मानकलाई अन्त्य गर्न एमालेले यो अभियान चलाएको बताए । अबको ४ वर्ष पछिको चुनावमा एमालेले बहुमत ल्याउने गरी अभियान थालिएकाले अहिले नै यसको परिमाण नखोजिएको उनले बताए ।

पार्टी भित्रको समस्यालाई समाधान गर्दै नयाँ र सक्रिय नेता कार्यकर्तालाई पार्टीको नेतृत्वमा ल्याउँदै अगाडि बढ्ने नीति रहेको बताए । २२ गतेसम्म प्रदेश र स्थानीय तहमा समीक्षा गर्ने पोखरेलले बताए । त्यसपछिको निचोडलाई केन्द्रीय समितिले प्रतिवेदनको रूपमा दिने उनले बताए ।

यो अभियान परिषद्का लागि नयाँ र सुरुआति भएको सांसद तथा अध्यक्ष डा।दिनेशचन्द्र देवकोटाले बताए । उनले परिषद्ले गरेको गतिविधिको विषयमा गहन टिप्पणी गर्ने ४ जनालाई धन्यवाद दिँदै परिषद्को गतिविधिलाई थप सुदृढ गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।

देवकोटाले परिषद्लाई प्रदेश र स्थानीय तहसम्म विस्तार गरिरहेको भन्दै यसलाई व्यवस्थित र मर्यादित बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताए । उनले नेता कार्यकर्तालाई सक्रिय बनाउन परिषद्ले विभिन्न कार्यक्रम बनाउने तयारी रहेको बताए ।

५ फागुन २०७९ बाट सुरु भएको एमालेको ग्रासरुट अभियान अहिले समीक्षा गर्ने र प्रतिवेदन तयार गर्ने चरणमा छ । गाउँगाउँमा गएर पार्टी निर्माणका लागि संगठन विस्तार, कार्यक्रम, भेटघाट, छलफल गर्न विभिन्न कमिटीहरू बनाएर सबै जनवर्गीय संगठनहरू सहित अभियान सुरु भएको थियो ।

२ महिना गाउँगाउँमा नेता कार्यकतासँग छलफल, बहस गरेर अहिले प्रतिवेदन बनाउने चरणमा एमाले जुटिरहेको छ । त्यसका लागि पार्टीका सबै कमिटीहरूले अहिले प्रतिवेदन बनाउने क्रममा छन् । कतिपय स्थानीय तहका कमिटीहरूले प्रतिवेदन बुझाइसकेको छ ।

पार्टीमा वैचारिक काम अपेक्षाकृत बलियो बन्न नसकेको, चेतनास्तर आशा गरिएको भन्दा बृद्धि हुन नसकेको जस्ता विषयलाई मुख्य बनाएर एमालेले मिसन ग्रासरुट अभियान सुरु गरेको थियो । धेरै सदस्य र सबैभन्दा ठुलो पार्टी भएका कारण त्यसलाई व्यवस्थापन गरेर सुदृढ बनाउन आवश्यक रहेको एमालेको ठहर थियो ।

परिषद्ले आयोजना गरेको यो कार्यक्रममा नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानका प्रस्तोता विधान आचार्यले संगठनको गतिविधि र सिकाइको विषयमा प्रस्तुती दिएका थिए । उनले दिएको प्रस्तुतीमा ४ जनाले टिप्पणी गरे । उक्त टिप्पणीलाई समेत समेटेर परिषद्ले प्रतिवेदन बनाउने तयारी गरिरहेको छ ।