११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

जन्म, मृत्यु घटना दर्ता शतप्रतिशत पु्याउने विभागको तयारी

जन्म, मृत्यु घटना दर्ता शतप्रतिशत पु्याउने विभागको तयारी
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलले सन् २०२४ सम्ममा जन्म र मृत्युका घटना दर्तामा शत् प्रतिशत पुर्याउने विभाग तयारी रहेको बताउनुभयो ।

नेपाल सरकारले संयुक्त राष्टङ्घको महासन्धिमा सन् २०२४ सम्ममा घटना दर्ता शतप्रतिशत पु्याउने लक्ष्य राखेको थियो । सोहीअनुसार स्थानीय तहमार्फत् विभाग प्रयासरत रहेको छ । “व्यक्तिगत घटना दर्ता सप्ताह अवधि लगायतका समयमा नागरिकलाई सुसूचित गराउन विभिन्न माध्यमबाट भिडियो, अडियोसहितका सन्देशमूलक सूचनाबाट जनचेतना अभिवृद्धि गरिएका छौँ । जसबाट घटना दर्तामा वृद्धि हुने क्रम बढ्दै जाने अपेक्षा रहेको छ”, विभागका निर्देशक पौडेलले भन्नुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा व्यवस्था भएबमोजिम कुनै पनि घटना घटेको ३५ दिनभित्र गर्नुपर्ने प्रावधान रहेको तर नागरिकलाई घटना दर्ताको महत्वबारे जानकार भएपछि र आवश्यकता पर्दा मात्र दर्ता गर्ने प्रवृत्तिको अन्त्य गर्न जनचेतना अभिवृद्धि गर्नु नै लक्ष्य प्राप्तिको प्रमुख उपाय रहेको उहाँको भनाइ छ ।

कानुनमा रहेका व्यवस्थाको पूर्ण परिपालना होस् भनी नागरिकमाझ सचेतना अभिवृद्धि गर्न सप्ताह मनाउँदैै आएको निर्देशक पौडेलले बताउनुभयो । देशभर छ हजार सात सय ४३ वटै वडामा व्यक्तिगत घटना दर्ता हुने गरेको छ । इन्टरनेट तथा विद्युतीय पूर्वाधारको पहँुच नपुगेका कारण एक सय ६३ वडामा बाहेक अन्य वडामा अनलाइनमार्फत दर्ता हुने गरेको छ ।

डिजिटलाइजेशन प्रक्रियालाई प्राथमिकता दिन भौगोलिक विकटताका कारण पहुँच नपुगेका जिल्लामा इन्टरनेट र विद्युत्को विस्तार गर्नको लागि सम्बन्धित मन्त्रालयलाई पत्राचार गरेकोमा प्रयास गर्ने जानकारी आएको उहाँले बताउनुभयो । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य संस्थामा भएका घटनाको विवरण सम्बन्धित वडा कार्यलयमा जानकारी गराउने संयन्त्रको विकास गर्न अघिल्लो वर्ष ३० वटा संस्थाबाट नमूना परीक्षण सफल भइसकेको छ”, निर्देशक पौडेलले भन्नुभयो । यसको प्रभावकारितालाई विस्तार गर्न मन्त्रालयले जन्म सूचना व्यवस्थापन प्रणाली (बीआईएमएस) र मृत्यु सूचना व्यवस्थापन प्रणाली ९डिआईएमएस ०मार्फत प्राप्त भएका व्यक्तिका विवरणलाई सम्बन्धित वडामा जानकारी गराई दर्ता गरेको उहाँले जानकारी दिनुभयो ।

जसको प्रभावकारिता अभिवृद्धि गर्न मन्त्रालयले अन्य ठाउँमा पनि विस्तार गर्ने जनाइएको छ । सन् २०२४ सम्ममा शतप्रतिशत पुर्‍्याउने विभागको लक्ष्यअनुसार विभाग प्रयासरत रहे तापनि राष्ट्रिय जनगणना अनुसार पाँच वर्ष वा सो भन्दा कम उमेरका बालबालिकामध्ये ७४ प्रतिशतको मात्र जन्मदर्ता भएको छ ।

नेपालमा व्यक्तिगत घटना दर्ता सम्बन्धमा “जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना ९दर्ता गर्ने० ऐन, २०३३” आएपछि २०३४ वैशाख १ गतेदेखि १० जिल्लाबाट सुरु गरी १७ चरणमा विस्तार भयो । त्यस्तै २०४७ वैशाख १ बाट नेपालभर लागू भएको व्यक्तिगत घटना दर्ता हाल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ र नियमावली, २०७७ लगायतका कानुनद्वारा व्यवस्थित गरिएको छ ।

विभागका अनुसार हाल अनलाइनमार्फत दर्ता गर्ने सङ्ख्यामा २५ लाख ७५ हजार तीन सय ५२ जन्मदर्ता, ६४ लाख आठ सय ७९ मृत्युदर्ता, ५७ लाख पाँच हजार पाँच सय ५६ बसाइँसराइ दर्ता भएका छन् ।

त्यस्तै दश लाख ३५ हजार चार सय ६२ विवाह दर्ता, ४२ हजार सात सय ७६ सम्बन्धविच्छेद दर्ता भएका छन् । जुन अनलाइन सूचना प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्ने वडा कार्यालयको सङ्ख्या छ हजार पाँच सय ८४ रहेको छ । व्यक्तिगत घटना दर्ताको महत्वसम्बन्धी सचेतनाको कमी, व्यक्तिगत घटना दर्तासम्बन्धी प्रचारप्रसारको कमी, स्रोत तथा साधनको सीमितता र दुर्गम वडामा इन्टरनेटको पहुँचको अभावका बाबजुद सन् २०२४ सम्म जन्म र मृत्युसम्बन्धी घटना दर्ता शतप्रतिशत पु्याउनु पर्ने दायित्व रहेको विभागले जनाएको छ ।

व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेद लगायतका व्यक्तिगत घटना, घटना घटेको ३५ दिनभित्र आफ्नो वडा कार्यालयमा दर्ता गराउन विभागले आग्रह गरेको छ ।रासस