१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बिहारमा १६ जनाको निधन, विषालु मदिराका कारण मृत्यु भएको आशंका



अ+ अ-

एजेन्सी । भारतको बिहारको मोतिहारीस्थित तुरकौलिया, हरसिद्धि र पहाडपुर प्रहरी चौकीमा शुक्रबार दुई जनाको मृत्यु भयो । मानिसहरू लेमृत्युको कारण विषाक्त मदिरा रहेको आशंका गरे । पोष्टमार्टम भएन । प्रशासनले झाडापखाला बतायो । त्यसपछि शनिबार दिउँसोसम्म १६ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेको उमेर १९ देखि ४८ वर्षको बीचमा रहेको छ ।

जसमध्ये सबैभन्दा बढी तुरकौलियामा ११, हरसिद्धिमा ३ र पहाडपुरमा २ जनाको मृत्यु भएको छ । बिहीबार साँझ गहुँ बाली काटिसकेपछि खेतमा मदिराको पार्टी आयोजना भएको मृतकका आफन्तले बताएका छन् । उनीहरु राति घर आएर सुते । बिहानै धेरैको स्वास्थ्य बिग्रन थाल्यो । पहिलो पटक बाबु–छोराको अस्पतालमै मृत्यु भएको थियो । यसपछि प्रशासनले गाउँमा मेडिकल टोली पठाएको थियो । विषाक्त मदिराले मृत्यु भएको उनीहरुले अस्वीकार गरे ।

शनिबार बिहानसम्म झाडापखाला र विषाक्त खानाका कारण मृत्यु भएको भन्नेमा प्रशासन अडिग थियो । यहाँ मान्छे मरिरहेका छन्, पोष्टमार्टम नगरी ७ जनाको शव परिवारले जलाएको छ । १२ जना गम्भीर छन्, उनीहरुको बारेमा केही खुल्न सकेको छैन । उनीहरुका आफन्तहरु रोएर दुखी छन् ।

यी मानिसहरूले मदिरा सेवन गरेको कुरा पनि बाहिर आएको छ । यहाँ घटना गम्भीर बन्दै गएपछि प्रहरी प्रधान कार्यालय मोतिहारीका एसपीलाई छानबिन गर्न निर्देशन दिइएको छ । पटनाबाट निषेधाज्ञा विभागको विशेष टोली मोतिहारी जाँदैछ ।