१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाको सन्देशः कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहिन आरोप थोपरेर हुँदैन



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सहि प्रकारको राज्य पद्धतिका निम्ति सबै खाले गल्ती सच्याउने तिर लाग्न सम्पूर्णमा आह्वान गर्नुभएको छ ।

नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्दै उहाँले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भिर आँच पुगेकोमा चिन्ता व्यक्त गर्दै राजनीति र राज्य संचालनको प्रक्रियामा इमान्दारीताको ठुलो महत्व रहने बताउनुभएको छ ।

मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय नहुने बताउँदै राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठुलो अर्थ हुने पूर्वराजाको भनाई छ ।

‘आज उत्पन्न बेथिति, अविश्वास, द्धन्द र जटिलताको जड पनि त्यही नै हो । हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरबशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन् ।’ उहाँले सन्देशमा भन्नुभएको छ । ‘त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भिर आँच पुगेको छ ।’

सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गयो भन्ने पनि आम जन गुनासो सुनिँदै आएको स्मरण गराउँदै उहाँले उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक रहेको बताउनुभएको छ ।

यस्तो छ उहाँको नयाँ वर्षको शुभकामना सन्देश – पूर्णपाठ
विक्रम सम्बत २०७९ लाई बिदाई गर्दै अहिले हामी २०८० मा आईपुगेका छौं । नयाँ बर्ष प्रारम्भको यो अवसरमा हिमाल, पहाड र तराई मधेशमा र देश बाहिर रहेका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइको जीवन व्यवहारमा सुख, शान्ति, सन्तुष्टि तथा प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।

राजनीति र राज्य संचालनको प्रकृयामा इमान्दारीताको ठुलो महत्व रहन्छ । राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठुलो अर्थ रहन्छ । मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन । आज उत्पन्न बेथिति, अविश्वास, द्धन्द र जटिलताको जड पनि त्यही नै हो । हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरबशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन । त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भिर आँच पुगेको छ ।

हम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित छैन । सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गयो भन्ने पनि आम जन गुनासो सुनिन्छ । उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिंदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक हो । युवापिढी, बिद्यमान प्रणाली र शासकीय गतिविधीप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ । विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुको चरम विद्रोहभाव देखिन थालेको छ । यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहिन आरोप थोपरेर हुँदैन । त्यसैले अब कोरा नारा छाडौं, सहि प्रकारको राज्य पद्धतिका निम्ति सोचौं, सबै खाले गल्ती सच्याउने तिर लागौं । देशलाई थाहा पाई पाई बरवादी तिर नधकेलौं ।

नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगति तर्फ लागौं । सबैमा विगतको कमीकमजोरी प्रति क्षमाशील भावना जागोस । नयाँ बर्ष २०८० सुन्य परिणामको होइन दशकाब्दी प्रारम्भको फलदायी अवधी बन्न सकोस – यही हाम्रो शुभेच्छा हो ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्
जय नेपाल