४ पुष २०८२, शुक्रबार
,
Latest
डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्ण बुढाथोकीको ‘वनमा मैना छ’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपालमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका गायक कृष्ण बुढाथोकीका नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘वनमा मैना छ’ बोलको गीतको म्युजिक भिडियोमा चर्चित मोडलहरुले अभिनय गरेका छन् । 

रमरम मरौटि बोलको म्युजिक भिडियोमा अभिनय गरेका ओवि रायमाझी, मोडल लोसिना लामिछाने तथा यसु भट्टराईले भिडियोमा अभिनय गरेका छन् ।

यसअघि पनि थुप्रै म्युजिक भिडियो तथा गीतहरुमा स्वर भरेका कृष्ण बुढाथोकी विगत लामो समय देखी अमेरिकामा रहँदै आएका छन् । उनले यसअघि ‘जादु रैछ मायाको बोलीमा’, ‘संविधान आउँछ बरिलै’ लगायतका गीतहरुमा स्वर दिनुका साथै अभिनय पनि गरेका छन् ।

‘वनमा मैना छ’ बोलको गीतलाई उनले अमेरिकामै रकेर्ड गराएका हुन् भने सुटिङ नेपालमै भएको हो । बिग बजेटमा निर्माण गरिएको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने राजेश घिमिरिले खिचेका छन् दिपक विष्टले सम्पादन गरेका छन् । रमेश परियारको शब्द संगितमा तयार भएको गीतमा कृष्ण बुढाथोकीसँग सुनिता बुढा क्षेत्रीले स्वर भरेकी छिन् ।

अत्यन्तै मिठो अनि र्सिजनशिल शब्दहरु राखिएको गीतलाई युट्युबमा निकै रुचाइएको छ । रमेश परियार तिनै गीतकार हुन् जस्ले सालको पात उडायो बतासैले बोलको गीतमा लय तथा शब्द लेखेका थिए । यो गीत रमेश परियार युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।