२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीसँग नेपाली राजदूतले नै तिब्बती शरणार्थीलाई नागरिकता मागेपछि



अ+ अ-

काठमाडौँ । हालै नियुक्त परराष्ट्रमन्त्री रघुवीर महासेठले विभिन्न देशमा रहेका नोपली राजदूतहरुसँग भर्चुअल अन्तरक्रिया गरेका थिए । त्यसमा युरोप, अमेरिका, एसियालगायतका देशमा रहेका नेपाली राजदूतहरु सहभागी थिए । विषय भने समसामयिक थियो– कोरोनाको खोप । 

नेपालमा कोरोना विरुद्धको खोप के कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा मन्त्रीले नै भर्चुअल बैठक डाकेकोले त्यस विषयमा छलफल भयो । शुरुमै मन्त्री महासेठले नेपालमा खोप भित्र्याउन के कसो गर्न सकिन्छ, कुन देशबाट चाँडो नेपाल खोप भित्र्याउन सकिन्छ भनेर सबै राजदूतलाई सोधेका थिए । 

सो अन्तरक्रियामा चीन, बेलायत, डेनमार्क, भारतलगायतका देशले खोप भित्र्याउन सकिने विषयमा आफ्ना विचारहरु राखे । तर अन्तरक्रियाका एकजना सहभागीले भने– त्यो कुनै उत्पादनमूलक छलफल थिएन, मात्र मन्त्रीले सोध्नुभयो, हामीले जवाफ दियौँ, त्यत्ति हो ।  

तर सो बैठकको रोचक प्रसंग भने अर्कै देखापर्यो । देश महामारीले आकुल ब्याकुल भएका बेला कसरी स्वदेशमा खोप भित्र्याउने भन्ने विषयमा मन्त्रीले बैठकको आयोजना गरेका बेला अमेरिकाका लागि राजदूत युवराज खतिवडाले भने बडो अनौठाको प्रसंग उठाए र त्यस्तै व्यवहार देखाए । 

उनले बोल्ने क्रममा शुरुमै खोपको प्रसंग ल्याएनन् । उनले आफ्नो चासो यसरी राखेका थिए– नेपालमा रहेका तिब्बती शरणार्थीहरुको तीन पुस्ता भएको रहेछ, नेपालका विभिन्न क्याम्पमा रहेका उनीहरुले निकै समस्या झेल्नुपरेको रहेछ, उनीहंलाई नागरिकता दिने विषयमा नेपालले अब पहल थाल्नुपर्छ । 

यो कुरा सुनेपछि उपस्थित धेरै राजदूतहरु अवाक भए । एक किसीमले त्यो अन्तरक्रियामा सन्नाटा नै छायो । तर रमाइलो कुरा मन्त्री महासेठले भने कुनै प्रतिक्रिया दिएनन् । 

एकजना परराष्ट्रको सहसचिवको हैसियतमा भएका राजदूतले भने– सायद तत्कालै मन्त्रीजीले यो कुरा अर्थात् यो विषयको सेन्सिटीभीटी नै बुझ्नुभएन होला, केही पनि बोल्नुभएन, सबै कुरा सुनिमात्र रहनुभयो । 

नाम नबताउने शर्तमा अर्का एक राजदूतले मन्त्रीलाई ब्यंग्य गर्दै भने– उनी कुनै कूटनीतिज्ञ नभएर ठेकदारबाट राजनीतिमा प्रवेश गरेकोले यो कूटनीतिक संवेदनशीलता बुझ्ने कुरा पनि भएन । 

तर पनि खतिवडाको यो प्रस्तावपछि धेरै राजदूतहरुले भने यसको  प्रतिबाद गरे । तिब्बती शरणार्थीलाई नागरिकता दिलाउनुपर्ने विषय हामी नेपाली राजदूतहरुले उठाउने विषय पनि होइन र आजको बैठकको उद्देश्य पनि त्यो होइन । 

त्यसपछि एकछिन् उनीसँग अरु राजदूतहरुले चर्काचर्की नै गरेका थिए । तर पनि राजदूत खतिवडाले भने– यो गम्भीर विषय भएकोले आफूले कुरा उठाएको भन्दै प्रतिबाद गरिरहेकै थिए । 
यो विषयको गाम्भीर्यता बुझ्ने राजदूतले जिब्रो काडेका थिए भने कतिपय राजनीतिक नियुक्तिका राजदूत तथा मन्त्री स्वयं भने नाजवाफ भएका थिए ।