२२ असार २०८३, सोमबार
,
Latest
भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीसँग नेपाली राजदूतले नै तिब्बती शरणार्थीलाई नागरिकता मागेपछि



अ+ अ-

काठमाडौँ । हालै नियुक्त परराष्ट्रमन्त्री रघुवीर महासेठले विभिन्न देशमा रहेका नोपली राजदूतहरुसँग भर्चुअल अन्तरक्रिया गरेका थिए । त्यसमा युरोप, अमेरिका, एसियालगायतका देशमा रहेका नेपाली राजदूतहरु सहभागी थिए । विषय भने समसामयिक थियो– कोरोनाको खोप । 

नेपालमा कोरोना विरुद्धको खोप के कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा मन्त्रीले नै भर्चुअल बैठक डाकेकोले त्यस विषयमा छलफल भयो । शुरुमै मन्त्री महासेठले नेपालमा खोप भित्र्याउन के कसो गर्न सकिन्छ, कुन देशबाट चाँडो नेपाल खोप भित्र्याउन सकिन्छ भनेर सबै राजदूतलाई सोधेका थिए । 

सो अन्तरक्रियामा चीन, बेलायत, डेनमार्क, भारतलगायतका देशले खोप भित्र्याउन सकिने विषयमा आफ्ना विचारहरु राखे । तर अन्तरक्रियाका एकजना सहभागीले भने– त्यो कुनै उत्पादनमूलक छलफल थिएन, मात्र मन्त्रीले सोध्नुभयो, हामीले जवाफ दियौँ, त्यत्ति हो ।  

तर सो बैठकको रोचक प्रसंग भने अर्कै देखापर्यो । देश महामारीले आकुल ब्याकुल भएका बेला कसरी स्वदेशमा खोप भित्र्याउने भन्ने विषयमा मन्त्रीले बैठकको आयोजना गरेका बेला अमेरिकाका लागि राजदूत युवराज खतिवडाले भने बडो अनौठाको प्रसंग उठाए र त्यस्तै व्यवहार देखाए । 

उनले बोल्ने क्रममा शुरुमै खोपको प्रसंग ल्याएनन् । उनले आफ्नो चासो यसरी राखेका थिए– नेपालमा रहेका तिब्बती शरणार्थीहरुको तीन पुस्ता भएको रहेछ, नेपालका विभिन्न क्याम्पमा रहेका उनीहरुले निकै समस्या झेल्नुपरेको रहेछ, उनीहंलाई नागरिकता दिने विषयमा नेपालले अब पहल थाल्नुपर्छ । 

यो कुरा सुनेपछि उपस्थित धेरै राजदूतहरु अवाक भए । एक किसीमले त्यो अन्तरक्रियामा सन्नाटा नै छायो । तर रमाइलो कुरा मन्त्री महासेठले भने कुनै प्रतिक्रिया दिएनन् । 

एकजना परराष्ट्रको सहसचिवको हैसियतमा भएका राजदूतले भने– सायद तत्कालै मन्त्रीजीले यो कुरा अर्थात् यो विषयको सेन्सिटीभीटी नै बुझ्नुभएन होला, केही पनि बोल्नुभएन, सबै कुरा सुनिमात्र रहनुभयो । 

नाम नबताउने शर्तमा अर्का एक राजदूतले मन्त्रीलाई ब्यंग्य गर्दै भने– उनी कुनै कूटनीतिज्ञ नभएर ठेकदारबाट राजनीतिमा प्रवेश गरेकोले यो कूटनीतिक संवेदनशीलता बुझ्ने कुरा पनि भएन । 

तर पनि खतिवडाको यो प्रस्तावपछि धेरै राजदूतहरुले भने यसको  प्रतिबाद गरे । तिब्बती शरणार्थीलाई नागरिकता दिलाउनुपर्ने विषय हामी नेपाली राजदूतहरुले उठाउने विषय पनि होइन र आजको बैठकको उद्देश्य पनि त्यो होइन । 

त्यसपछि एकछिन् उनीसँग अरु राजदूतहरुले चर्काचर्की नै गरेका थिए । तर पनि राजदूत खतिवडाले भने– यो गम्भीर विषय भएकोले आफूले कुरा उठाएको भन्दै प्रतिबाद गरिरहेकै थिए । 
यो विषयको गाम्भीर्यता बुझ्ने राजदूतले जिब्रो काडेका थिए भने कतिपय राजनीतिक नियुक्तिका राजदूत तथा मन्त्री स्वयं भने नाजवाफ भएका थिए । 




भर्खरै