६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन: अर्थसचिव राय

सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन: अर्थसचिव राय
अ+ अ-

काठमाडाैं ।  अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताउनुभएको छ ।

आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव रायले वर्षेनी साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भन्दै राज्यले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताउनुभएको हो । उहाँले रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले सरकारले अर्बौं रुपैयाँ बिना योगदान सामाजिक सुरक्षा भत्ताको रुपमा लामो समयसम्म दिन सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले सरकारले वार्षिक रुपमा करिव एक सय अर्ब बढी रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको बताउनु भयो ।

अर्थसचिव रायले सरकारले सामाजिक सुरक्षामा धेरै खर्च गर्न नसक्ने भन्दै रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको बताउनु भयो । उहाँले वर्षेनी अर्बौं रुपैयाँ सामाजिक सुरक्षा भत्ताको नाममा खर्च गर्दा सरकारले विनियोजन गरेको बजेटले धान्न नसक्ने उल्लेख गर्नुभयो । सचिव रायले रोजगारीमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा जोड्न सके सरकारको सामाजिक सुरक्षाको दायित्व घट्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सामाजिक सुरक्षा कोषमा राजगारीमा रहेकाहरुले अनिवार्य रुपमा जानुपर्छ भनिएको थियो । सरकारले पनि ५ लाख श्रमिक पुर्‍याउने भनेपनि सकिएको छैन । तर सरकारको प्राथमिकतामा रहेको छ । ३० प्रतिशत रोजगारदाताको ३१ प्रतिशत योगदान हुनुपर्छ । ११ प्रतिशत श्रमिकले योगदान गर्नुपर्छ अलि धेरै भयो भनिएको छ । तर जसरी भएपनि गर्ने नै हो । अब सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता भनेर कुनैपनि योगदान बिना सामाजिक सुरक्षा भत्ता जारी राख्ने अवस्थामा छैनौं । अहिले पनि सरकारले एक सय अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा लगानी गर्दैछौं । यसरी अर्बौं रुपैया कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ । त्यसैले जनगणना २०६८ मा जति नागरिक पुगेका छन् सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा बाँध्नुपर्छ ।’

सचिव रायले वर्तमान अवस्थामा देशमा राजश्व संकलनको अवस्था जटिल रहेको भन्दै राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने बताउनु भयो । उहाँले १७ सय किलोमिटर खुला सीमा रहेकाले १५ वर्षमा १८ प्रतिशतसम्म राजश्व चुहावट वृद्धि भएको बताउनु भयो। उहाँले राजश्व चुहावट रोक्नका लागि राज्यका सबै निकायहरु चुस्त भएर लागि रहेको बताउनु भयो । उहाँले सरकारले कुनैपनि विषयको राजश्व चुहावटलाई सघाउन सक्ने भन्दै राजश्व चुहावट भेटिए तत्काल कारबाही गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राजश्व चुहावटमा सार्क राष्ट्र मध्ये नेपालले वार्षिक रुपमा १७ देखि १८ प्रतिशत वृद्धि १५ वर्षौंदेखि गरिरहेका छौं । यो अन्य देशमा कहीँ छैन । हामी चुहावट छैन भन्ने पक्षमा पनि छैनौं । नेपालको १७ सय किलोमिटर खुला सीमाना रहेको छ । सरकारी निकायहरु राजश्व चुहावट रोक्न लागि रहेको छ । केही दिनअघि राजश्व चुहावट नियन्त्रण समितिको बैठकले सरकारले कुनैपनि विषयको राजश्व चुहावटलाई सघाउने छैनौं ।’

अर्थसचिव रायले सरकारले चालु वर्षसम्म रासायनिक मलको अभाव हुन नदिने बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्षको यो अवधिमा मात्रै ३९ अर्ब रुपैयाँ मलमा खर्च गरेको बताउनु भयो । उहाँले मल अभाव हुन नदिनको लागि सरकारले ७६ प्रतिशतसम्म अनुदान दिएको भन्दै अब अनुदान दिए अनुसार उत्पादन कति भयो भन्ने तथ्याङ्क लिन आवश्यक रहेको बताउनु भयो। उहाँले आगामी वर्ष मलको वर्तमान मूल्य नै कायम रह्यो भने करिव ४५ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको बताउनु भयो । उहाँले २०६८ को जनगणनामा ६० प्रतिशत जनता कृषि पेशामा रहेको देखाएकाले सरकारले मल दिन सक्दिन भन्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विगत लोमो समयदेखि मलको अभाव भइरहेको छ । विगतमा केही करोड रकम मात्रै मलमा अनुदान जाने गरेको थियो । तर चालु आर्थिक वर्षमा मात्रै ३९ अर्ब रुपैयाँ सरकारले मलमा खर्च गरेको छ । अनुदान दिएर त्यसबाट कति उत्पादन भयो भनेर तथ्याङ्क लिन आवश्यक छ । अहिले पनि सरकारले ७६ प्रतिशतसम्म अनुदान दिएको छ ।

आगामी वर्ष अहिले रहेको मलको मूल्य रह्यो भने करिव ४५ अर्ब रुपैयाँ लाग्छ भन्नेछ । अब राज्यको पैसा खर्च गर्दा राज्यलाई कति योगदान भयो भनेर हेर्नुपर्ने हुन्छ । ६० प्रतिशत किसान भएको देशमा मल दिन सक्दैनौं भन्नसक्ने अवस्था छैन । दिनैपर्छ सरकारको प्राथमिकतामा छ । चालु आर्थिक वर्षको बजेटमा विनियोजन भएको रकम १४ अर्ब मात्रै थियो । केही बजेट सुनिश्चिता गरेर काम अघि बढेको छ । कृषि मन्त्रालयले ४५ अर्ब रुपैयाँ पैसा भए यो वर्ष मल अभाव हुँदैन भन्नुभएको छ । मन्त्रालयले बजेट सुनिश्चिता गरिसकेको छ ।’

उहाँले सरकारले किसानलाई समयमा नै मल उपलब्ध गराउने विषयमा सचेत रहेको भन्दै बजेट सुनिश्चिता गरिसकेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा विनियोजन भएको रकम १४ अर्ब मात्रै भए पनि कृषि मन्त्रालयले माग गरे वमोजिम बजेट सुनिश्चित भएको बताउनु भयो ।
नोट: हामीले यो समाचार गत शुक्रवार आयोजित एक कार्यक्रमको आधारमा तयार पारेका हौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ ।