• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त ★   स्थानीय जातको कालो सुँगुर जोगाउनै मुश्किल ★   तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका ★   केएल राहुललाई खुल्ला मैदानमा बच्चा झैँ गाली, अपमान गरियो ★   सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन ★   महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित ★   बाल मन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ अनुमति ★   जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान ★   पूर्वन्यायाधीशको सिजापतिको निधन, सर्वोच्चका सबै सुनुवाइ स्थगित ★   फ्यानलाई सम्बोधन गर्दै पल लेख्छन्, ‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’

गाईघाटमा ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु



(सांकेतिक तस्बिर)

उदयपुर । गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा पश्चिमबाट तीव्रगतिमा आइरहेको मे१ख २१८४ नंको ट्रकले ठकर दिएको थियो ।

ट्रक तीव्रगतिमा आएका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठकर दिएको प्रत्यक्षर्शीले बताएका छन् । ट्रक चालक झापा जिल्ला कन्काई सुरुङ्गा नगरपालिका–६ का ३८ वर्षीय भूपेन्द्र राजवंशी रहेको प्रहरीले जनाएको छ । ट्रक चालक राजवंंशीलाई नियन्त्रणमा लिएको सो कार्यालयका प्रमुख ज्ञानेन्द्र फुँयालले बताउनुभयो ।