१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’को टिजर सार्वजनिक, जेलबाट भागेर कहाँ पुगे पुष्पा ?



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पाः द रुल’को टिजर सार्वजनिक भएको छ ।

तीन मिनेट १४ सेकेण्ड लामो यो इन्ट्रो टिजरमा स्टार अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जंगलमा एक बाघसँग जम्काभेट भएको रुपमा देखाइएको छ ।

सन् २०२१ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर बक्स अफिसमा ३३२ करोड कमाएको थियो । यस फिल्ममा चन्दनको व्यवसायलाई नजिकबाट नियालेपछि पुष्पा नामका मजदुरको जीवन पूर्णरुपमा परिवर्तन हुन्छ ।

फिल्मको स्टोरी लाइनका अलावा अल्लु अर्जुनको व्यक्तित्व, चरित्र र फिल्मका गीतहरू पनि निकै चर्चामा आएका थिए ।

फिल्मको सिक्वेल ‘पुष्पाः द रुल’का लेखक निर्देशक सुकुमार हुन् । फिल्ममा रश्मिका, अल्लु अर्जुन र फहदसँगै जगदीश प्रताप भण्डारी, सुनील र राव रमेश पनि देखिनेछन् ।