५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पारित गर्न नाफाघाटा हेर्नुहुन्न– प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्ने सम्बन्धमा कुनै नाफाघाटा हेर्न नहुने बताउनुभएको छ । नेपाली कांग्रेस संसदीय दलको मङ्गलबार बसेको बैठकमा सो पार्टीका सभापति देउवाले नेपाली कांग्रेस जिम्मेवार राजनीतिक दल हो भन्दै यस्तो अवस्थामा जिम्मेवार राजनीतिक दलले क्षणिक लाभ वा हानिलाई आधार बनाएर एमसीसी सन्दर्भमा धारणा बनाउन नहुने बताउनुभयो ।

एमसीसीबारे कम्युनिष्ट पार्टीहरुले दोहोरो चरित्र देखाएको भन्दै उनीहरुले सत्तामा रहँदा एउटा कुरा गर्ने र सत्ताबाहिर भएपछि अर्कै कुरा गरेको बताउनुभयो । नेपाली कांग्रेस जतिको प्रष्ट धारणा राख्ने पार्टी नेपालमै नभएको उल्लेख गर्दै उहाँले एमसीसीबारे नेपाली कांग्रेसको धारणा हिजो जे थियो आज पनि त्यही रहेको स्पष्ट गर्नुभयो ।

एमसीसी पारित गर्न षड्यन्त्र भएको भन्ने एमालेको भनाइप्रति उहाँले नेकपाको सरकार हुँदा केपी शर्मा ओली आफैँले एमसीसी प्रस्ताव संसद्मा ल्याएकाले कसरी षड्यन्त्र हुन्छ भन्नुभयो । एमसीसी पारित गर्न एमालेले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले एमसीसी टेबुल गर्नका लागि आफूले सभामुख अग्निप्रसाद सापकोटासँग कुराकानी गरिसकेको बताउनुभयो ।