४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

नगरपालिकाको आन्तरिक आम्दानीबाट तीन पुल निर्माण

नगरपालिकाको आन्तरिक आम्दानीबाट तीन पुल निर्माण
अ+ अ-

भरतपुर । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन पुल निर्माण गरेको हो । वडा नं २ को लदरी खोला, वडा नं ९ को चात्रा खोला तथा वडा नं ७ र ९ लाई जोड्ने पम्फा खोलामा पुल निर्माण गरिएको नगर प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो । नगरकै आन्तरिक आम्दानीबाट ती पुल बनाइएको हो ।

नगरपालिकाले नगर गौरवका आयोजनामा पारेर ती पुल निर्माण गरेको हो । “कोरोना भाइरसले गत वर्ष केही ठूला योजना पूरा हुन पाएनन्”, नगर प्रमुख चौधरीले भन्नुभयो, “कोरोना कहरका बीच पनि नगर गौरवका आयोजनासहित अन्य योजनाका काम धमाधम भइरहेका छन् ।”

खैरहनी–९ को सिमलटाँडीदेखि दक्षिणतर्फ सुल्तनामा रु दुई करोड २४ लाखको लागतमा पुल निर्माण गरिएको छ । खैरहनी–७ र ९ लाई जोड्ने सो पुलले दुवै वडाका बासिन्दालाई आवागमन गर्न सहज भएको छ । केबीसी विल्डर कम्पनी भरतपुरले ठेक्का सम्झौता गरेर काम गरेको थियो ।

खैरहनी–२ लदरा खोलामा रु एक करोड ९५ लाखमा जीएमआर कन्स्ट्रक्सन प्रालि भरतपुरले पुल निर्माण गरेको नगरपालिका योजना शाखा प्रमुख इञ्जीनियर सुमन श्रेष्ठले बताउनुभयो । लदरी पुलको एप्रोज स्लाब ढलान र पुलको दायाँ बायाँ जाली लगाउने काम बाँकी रहेको छ । सो पुलबाट खैरहनी–२, ३ र ४ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

त्यस्तै सडक बोर्डको गलत डिजाइनका कारण खैरहनी–९ चात्रा खोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैँले बनाउँदै छ । रु एक करोड सात लाखमा सम्झौता भएकामा अहिले निर्माणको काम भइरहेको छ । एमआरएन्ड गु्रप डीएनवी जेवी भरतपुरलाई ठेक्का परेको हो । सो पुलको पनि एप्रोज स्लाब ढलान, जाली लगाउने र रेलिङ हाल्ने काम बाँकी रहेको इञ्जीनियर श्रेष्ठले बताउनुभयो । पुल निर्माणपछि खैरहनी–९, राप्ती–८ र ९ का स्थानीयवासीलाई बजार आवातजावतमा सहज हुनेछ ।