२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकको हड्ताल



फाईल फोटो
अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै ट्याक्सी चालकहरुले विरोध गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा आज ट्याक्सी चालकहरुले त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरी विरोध गरेका हुन् । विमानस्थल बाहिर भने ट्याक्सीहरु चलिरहेका छन् ।

त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्क प्रतिघण्टा २० रुपैयाँ लिएकोमा अहिले ८० रुपैयाँ पुर्‍याइएको र पुन: १०० रुपैयाँ पुर्याउन आटेको भन्दै ट्याक्सी चालकहरुले विरोध गरेका हुन्।

उनीहरुले यसअघि पनि १३ मंसिरमा विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए । विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ ।