१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानहानीको मुद्दामा राहुललाई जमानत



अ+ अ-

एजेन्सी । मानहानि मुद्दामा सुरतको सत्र अदालतले भारतीय कांग्रेस आई नेता राहुल गान्धीलाई जमानत दिएको छ । सोमबार अदालतले १५ हजार रुपैयाँको मुचल्कामा राहुललाई जमानत दिएको हो ।

यद्यपि, राहुलको निवेदनमा निर्णय नभएसम्म यो रहिरहनेछ । अब यस विषयमा अर्को सुनुवाइ १३ अप्रिलमा हुनेछ । अर्को सुनुवाईमा राहुल उपस्थित हुनु आवश्यक छैन ।

राहुलले तल्लो अदालतले सुनाएको दुई वर्षको जेल सजायको विरुद्धमा सोमबार सत्र अदालतमा निवेदन दिएका थिए । यस निवेदनमा अहिलेसम्म कुनै निर्णय भएको छैन । अदालतले निवेदकको पक्ष नबुझेर सुनुवाइ गर्न नसकिने बताएको छ । अदालतले याचिकाकर्ता र भाजपा नेता पूर्णेश मोदीलाई नोटिस जारी गरेको छ । जसमा उनीहरुले अप्रिल १० सम्ममा जवाफ दिनुपर्नेछ । प्रियंका गान्धी पनि अपील गर्न राहुल गान्धीसँगै सुरत पुगेकी थिइन् ।

राहुलका अलावा प्रियंका गान्धी, राजस्थान, छत्तीसगढ र हिमाचल प्रदेशका मुख्यमन्त्रीहरू पनि सुरत आएका थिए । राहुलको आगमनअघि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पत्रकार सम्मेलन गरेका थिए ।

२३ मार्चमा, राहुल गान्धीलाई मानहानि मुद्दामा दुई वर्षको सजाय सुनाइएको थियो । सजायको घोषणा भएको केही समयपछि उनलाई ३० दिनको लागि जमानत दिइएको थियो । सजाय सुनाएको भोलिपल्ट उनको लोकसभाको सदस्यता खारेज भएको थियो । राहुल केरलाको वायनाडबाट सांसद थिए ।