१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श भोटेकोसी बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानहानीको मुद्दामा राहुललाई जमानत



अ+ अ-

एजेन्सी । मानहानि मुद्दामा सुरतको सत्र अदालतले भारतीय कांग्रेस आई नेता राहुल गान्धीलाई जमानत दिएको छ । सोमबार अदालतले १५ हजार रुपैयाँको मुचल्कामा राहुललाई जमानत दिएको हो ।

यद्यपि, राहुलको निवेदनमा निर्णय नभएसम्म यो रहिरहनेछ । अब यस विषयमा अर्को सुनुवाइ १३ अप्रिलमा हुनेछ । अर्को सुनुवाईमा राहुल उपस्थित हुनु आवश्यक छैन ।

राहुलले तल्लो अदालतले सुनाएको दुई वर्षको जेल सजायको विरुद्धमा सोमबार सत्र अदालतमा निवेदन दिएका थिए । यस निवेदनमा अहिलेसम्म कुनै निर्णय भएको छैन । अदालतले निवेदकको पक्ष नबुझेर सुनुवाइ गर्न नसकिने बताएको छ । अदालतले याचिकाकर्ता र भाजपा नेता पूर्णेश मोदीलाई नोटिस जारी गरेको छ । जसमा उनीहरुले अप्रिल १० सम्ममा जवाफ दिनुपर्नेछ । प्रियंका गान्धी पनि अपील गर्न राहुल गान्धीसँगै सुरत पुगेकी थिइन् ।

राहुलका अलावा प्रियंका गान्धी, राजस्थान, छत्तीसगढ र हिमाचल प्रदेशका मुख्यमन्त्रीहरू पनि सुरत आएका थिए । राहुलको आगमनअघि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पत्रकार सम्मेलन गरेका थिए ।

२३ मार्चमा, राहुल गान्धीलाई मानहानि मुद्दामा दुई वर्षको सजाय सुनाइएको थियो । सजायको घोषणा भएको केही समयपछि उनलाई ३० दिनको लागि जमानत दिइएको थियो । सजाय सुनाएको भोलिपल्ट उनको लोकसभाको सदस्यता खारेज भएको थियो । राहुल केरलाको वायनाडबाट सांसद थिए ।