२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल बहिनी प्रियंकाको साथ सुरत प्रस्थान, सजाय विरुद्ध अपील गर्ने



अ+ अ-

एजेन्सी । लोकसभाबाट अयोग्य घोषित भएको ११ दिनपछि राहुल गान्धी सोमबार सुरत अदालत प्रस्थान गरेका छन् । यसअघि बिहान करिब १०ः४५ बजे सोनिया गान्धी राहुललाई भेट्न उनको घर पुगिन् ।

सोनियालाई भेटेको १ घण्टापछि राहुल सुरतको लागि आफ्नो घरबाट निस्किएका थिए । राहुलसँगै प्रियंका गान्धी, राजस्थानका सीएम अशोक गहलोत र छत्तीसगढका सीएम भूपेश बघेल पनि सुरत जाँदैछन् ।

यसैबीच केन्द्रीय कानूनमन्त्री किरण रिजिजुले कांग्रेसलाई निशाना बनाएका छन् । रिजिजुले भने, ‘जब तिम्रो (राहुल गान्धी) ट्रायल चलेको थियो, तब किन अपिल गरेनन् ? अहिले डराउनको लागि यो नाटक भईरहेको छ । यो अदालतमा दबाब सिर्जना गर्न मात्र हो । कांग्रेसले सिंगो परिवारलाई देशभन्दा माथि ठान्छ ।’

मार्च २३ मा सूरत अदालतले राहुल गान्धीलाई ‘सबै चोहरुको उपनाम मोदी किन हुन्छ ?’ भनाइसँग सम्बन्धित मानहानि मुद्दामा दोषी ठहर गरेको थियो । उनलाई दुई वर्ष कैद र १५ हजार जरिवाना तोकिएको थियो । अदालतले राहुललाई सजायविरुद्ध अपील गर्न ३० दिनको समय दिएको थियो । त्यही अनुसार राहुल आज सुरत प्रस्थान गरेका हुन् ।