१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँ: ज्योत्सना श्रेष्ठ

चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँ: ज्योत्सना श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले रामचन्द्र संघाईको समूह चुनाव जित्न सहज भएकाले रोजेको बताउनुभएको छ ।

उहाँले आईतवार रामचन्द्र संघाईको प्यानल घोषणा पछि  निर्वाचन जित्नको लागि रामचन्द्र संघाईको समूहमा सहज भएका कारण संघाईको समूह रोजेको बताउनुभएको हो ।

श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अञ्जन श्रेष्ठले पत्रकारहरुको सुझाव दिने भनेर बोलाइ योजना नबनाई टिम घोषणा गरेको बताउनु भयो । उहाँले निर्वाचनमा जहाँ आफूलाई सहज लाग्छ त्यहीँ आफू रहन सहज हुने बताउनु भयो । संघाईको समूहमा सहज लागेकाले श्रेष्ठको समूह छोडेको पनि बताउनु भयो ।

उहाँले श्रेष्ठ समूहलाई भनेर नै आफूलाई सहज लाग्ने ठाउँमा आएको भन्दै श्रेष्ठको समूहलाई छोडेर आउँदा धोका दियो भन्न नमिल्ने बताउनु भयो । उहाँले एउटै समूहका सबैजना एउटै पदमा उठ्न नमिल्ने र एशोसिएट उपाध्यक्षमा तीन नभइ दुई मात्रै उम्मेद्वार निर्वाचनमा जाने वातावरण बनाउन आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ निर्वाचन जित्नको लागि कुन समूहमा सहज हुन्छ त्यसमा जाने हो । मलाई संघाईको टिममा सहज लागेर आएको हुँ । अञ्जनको प्यानल घोषणा हुँदा पत्रकारहरुको सुझावहरु लिने भन्नुभएको थियो । तर त्यहाँ घोषणा भयो । कुनै योजना थिएन । हुन्छ नी निर्वाचनमा कहाँ जितिन्छ । त्यहाँ जाने हो । तर अञ्जन श्रेष्ठको टिमलाई नराम्रो छ । निर्वाचन जित्दैन भन्न खोजेको होइन ।’

‘कतिपयले अञ्जनको समूहलाई धोका दिएको रुपमा बुझेका छन्, उता घोषणा भएर यता आउँदा धोका दिएकै जस्तो देखिन्छ तर, धोका दिएको भन्दा पनि मैले टिमको जित हेर्नुपर्छ, म उपाध्यक्षमा उठेपछि १९ जनालाई पनि जिताउनुपर्ने मेरो दायित्व हो, मलाई कसले के भन्छ भन्नेसँग सरोकार छैन, मेरो टिम जित्नुपर्छ।’

उहाँले सकारात्मक सोचका साथ श्रेष्ठको प्यानल छाडेर संघाईको प्यानलमा आएको बताउनु भयो । उहाँले अहिले घोषणा भएका तीन वटै टिम बलियो रहेको भन्दै मतदात व्यवसायीहरुको समस्यामा नेतृत्वदायी भुमिका खेल्नसक्ने टिमलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँ गत फागुन ३० गते पत्रकार सम्मेलन गर्दै ज्योत्सना श्रेष्ठले आफू अञ्जन श्रेष्ठको समूहबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । तर निर्वाचन नजिक आएसँगै अञ्जनको टिम छोडेर संघईको समूहमा प्रवेश गर्नुभएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाईले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । संघाईको प्यानलमा जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैध,वस्तुगत तर्फ सकुन्तलाल हिराचन र एशोसिएटतर्फ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ हुनुहुन्छ ।