१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु: निर्देशक द्विवेदी



अ+ अ-

ललितपुर । भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उहाँले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राख्नुभयो ।

“भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्”, उहाँले भन्नुभयो, “तर नेपाली कलाकारको सङ्ख्या न्यून छ, जबकी हामीबीचको भाषा र संस्कृति धेरै हदसम्म मिल्छ ।”

अभिनेता तथा लेखक समेत रहनुभएका डा द्विवेदीले आफूले निर्माण गर्ने आगामी दुई चलचित्रको अडिसन नेपालमा गर्ने समेत स्पष्ट पार्नुभयो । उहाँले ती चलचित्रको स्क्रिप्ट लेखन जारी रहेको र नेपाली कलाकारलाई अभिनय गराउने बताउनुभयो ।

उहाँले धेरै समयअघि भारतीय अभिनेता अमिताभ बच्चनलाई नेपालमा ल्याएर सुटिङ गर्ने योजना बनाएको स्मरण गर्नुभयो । “अमिताभ बच्चनलाई सुटिङ गराउन नेपाल ल्याउनका लागि केही लोकेसन पनि हेरेँ, तर विमानस्थलको भिडले छायाङ्कन गर्न सकिन्न कि भन्ने लाग्यो”, उहाँले भन्नुभो, “अहिले आएर म गलत थिए कि भन्ने लागिरहेको छ ।”

उहाँले आफू सन् २००४ मा नेपाल आएको र चितवनबारेमा भारतीय चलचित्रमा उल्लेख गरेको बताउनुभयो । डा द्विवेदी निर्देशित सन् १९९१ मा प्रशारण भएको टेलीशृङ्खला ‘चाणक्य’बाट चर्चा कमाउनुभएको थियो । चाणक्यमा उहाँले लेखन तथा अभिनय समेत गर्नुभएको थियो । अन्तरक्रियामा उहाँले चलचित्रसम्बन्धी तीन दशक लामो अनुभवका विषयमा चर्चा गर्नुभएको थियो ।

अन्तरक्रियामा अभिनेता राजेश हमाल, अभिनेत्री सुरक्षा पन्त, निर्देशक कुमार भाष्कर, नरेश पौडेल, पुर्नेन्दु झाका साथै अभिनेता कमलमणी नेपाल, भोलाराज सापकोटा, लेखक समीप्याराज तिमल्सेनालगायतको उपस्थिति थियो ।

अभिनेता हमालले निर्देशक द्विवेदीलाई नेपालमा स्वागत गर्दै भारतीय चलचित्रको विषयमा चर्चा गर्नुभएको थियो । “नेपालमा चलचित्रकै माध्यमबाट केही मात्रामा भए पनि हिन्दी भाषा बुझ्नेहरु हुनुहुन्छ”, उहाँले द्विवेदीलाई भन्नुभयो, “तपाईंहरुको कामको यहाँ पनि चर्चा हुन्छ ।” हमालले चलचित्रका माध्यभबाट नेपाली र भारतीय कलाकार जोडिएको भनाइ व्यक्त गर्नुभयो ।

निर्देशक डा द्विवेदीले चलचित्र पिञ्जर, जेड प्लस, मोहल्ला अस्सी, सम्राट पृथ्वीराज र टेलीशृङ्खला मृत्युञ्जय, एक और मोहब्बत, उपनिषद गङ्गा, सुराज्य संहिताको निर्देशन गर्नुभएको छ । उहाँले सन् २०२२ मा प्रदर्शन भएको भारतीय चलचित्र ‘राम सेतु’ मा अभिनेता अक्षय कुमारसँग निर्माणमा सहकार्य गर्नुभएको थियो । रासस