• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

नेपाल एयरलाइन्सका पाइलट बिरामी हुँदा दुबई उडान ११ घण्टा डिले



काठमाडौँ । नेपाल एयरलाइन्सका पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौँ–दुबई उडान ११ घण्टा डिले भएको छ ।

शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ । यो जहाज दुबई उड्ने क्रममा छ ।

उक्त उडानमा तोकिएका एक पाइलटले बिरामी भएको एयरलाइन्सले बताएको छ ।

विकल्पमा अर्को पाइलटसमेत उपलब्ध हुन नसकेपछि उडान ११ घण्टा सम्म डिले हुन पुगेको हो । एयरलाइन्सले ‘उडान रद्द नभई डिले मात्र भएको बताएको छ ।

वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए । उनीहरुलाई राति विभिन्न होटेलमा राखी बिहान विमानस्थल पुर्‍याइएको छ ।