काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । अचानक पेट दुखेपछि उहाँलाई शनिबार बेलका ७ बजे शिक्षण अस्पताल लगिएको थियो ।
अहिले उहाँको अवस्था सामान्य रहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । राष्ट्रपतिलाई ग्यास्टिकले गर्दा पेटमा समस्या भएको उनले बताए । राष्ट्रपतिको आजै डिस्चार्ज हुनसक्ने कार्कीले जानकारी दिए ।