१७ भाद्र २०८३, बुधबार
,
Latest
जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते



फाईल फोटो
अ+ अ-

रामेछाप । खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडाँै जाँदै गरेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । रासस