१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

बेमौसमी हिमपातले जनजीवन असहज

बेमौसमी हिमपातले जनजीवन असहज
अ अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमश: घट्दै जान्थ्यो । पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे । त्यसपछि क्रमश: हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो । तर यस वर्ष त्यसको ठीकविपरीत भएको छ । पुस–माघमा हिउँ नपरेर चैत लागेदेखि सामान्य वर्षासँगै हिमपात भइरहेको छ ।

पछिल्लो समय दैनिकजसो साँझ, बेलुका वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपात भइरहेको छ । शुक्रबार बेलुका तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरासहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । यसअघि सामान्य हिमपात भए पनि यति धेरै हिउँ खसेको थिएन । साँझ परेपछि वर्षा हुने र हिउँ पर्ने क्रम केही दिनदेखि चलिरहेको हिमाली बस्ती घुन्साका दीपक शेर्पाले बताउनुभयो ।

यता ओलाङचुङगोलामा समेत केही दिनदेखि सामान्य वर्षासहित हिमपात भइरहेको छ । यो वर्ष ढिलो गरेर हिमपात भए पनि विगतका वर्षमा जस्तो बाक्लो हिमपात भने भएको छैन । “विगतमा यतिबेलाको जस्तो चैतमा हिउँ पर्दैनथ्यो, यो वर्ष हिउँ पर्ने बेला पुस–माघमा मौसम खुला भयो, हिजोआज वर्षा र हिमपात भइरहेको छ”, शेर्पाले भन्नुभयो ।

यो वर्ष शुक्रबार पहिलो पटक केहि उच्च क्षेत्रका गाउँमा समेत हिउँ परेको छ । सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन, मामांखे, मिक्वाखोला गाउँपालिकाको पापुङ लगायतका गाउँमा हिमपात भएको स्थानीयले बताए । हिउँदको समयमा पानी नपर्दा हिउँदे बालीनाली फस्टाउन नसके पनि पछिल्लो समयमा परेको वर्षाले भने किसानलाई सामान्य राहत मिलेको छ । तर तल्लो क्षेत्रसम्म नै हिउँ पर्दा भने अलैँची बालीमा क्षति हुन्छ । “अलैँची, मकै, जौँ, गहुँ, तरकारी र फलफूल खेतीका लागि हिउँदमै वर्षा हुनुपथ्र्यो, यो वर्ष हिउँदमा वर्षा भएन तैपनि आजभोलिको वर्षाले सामान्य राहत मिलेको छ”, फावाखोलाका कमल विष्टले भन्नुभयो । तर यतिबेला पर्ने हिउँले अलैँची खेतीलाई भने असर गर्ने उहाँको भनाइ छ । बाक्लो हिउँले अलैँचीका बोट ढल्ने, हिमपातपछि चर्को घाम लाग्दा बोट सुक्नेजस्ता समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

ताप्लेजुङमा यो वर्ष फागुन मध्यतिर फाट्टफुट्ट वर्षा र हिमपात भएको थियो । त्यसयता निकै दिनपछि चैत लाग्दादेखि सामान्यतया वर्षा भइरहेको छ । उच्च क्षेत्रमा भएको बेमौसमी हिमपातले आलुखेतीमा असर पुर्‍याएको छ । मानव बसोबास रहेका यहाँका हिमाली गाउँ घुन्सा, याङ्मा, ग्याब्ला, फले, ओलाङचुङगोलालगायतमा यतिबेला आलु रोपिसकिएको छ । केही दिनअघि रोपिएको आलु नउर्मिदै हिउँ परेकाले बीउ कुहिन सक्ने सम्भावना भएको स्थानीयले बताएका छन् । “हिजोआज भर्खरै आलु रोपिसकिएको छ, आलु उर्मिने बेलामा निरन्तर हिउँ पर्‍यो भने माटोभित्रै बीउ वा बीउको अङ्कुरण कुहिने सम्भावना हुन्छ”, घुन्साका दीपक शेर्पाले भन्नुभयो ।

यहाँका हिमाली बस्ती तथा गाउँको मुख्य खेती भनेकै आलु हो । आलुखेतीबाटै स्थानीयवासीले आम्दानी लिन्छन् । आलु फलाएर तल्लो क्षेत्रका बासिन्दासँग अन्न साटेर लैजाने चलन छ । उच्च क्षेत्रमा अन्नबाली नहुने भएकाले औलका मानिससँग आलुसँग अन्न साटेर लैजाने गरिएको हो ।

यता बेमौसमी हिमपातले बालीनालीमा मात्रै नभई वन्यजन्तु र बोटबिरुवामा समेत असर पुग्ने बताइन्छ । समयमा हिउँ नपर्दा चिसोमा अभ्यस्त बोटबिरुवा र वन्यजन्तुमा असर पुग्छ भने न्यानो मौसम हुने सिजनमा हिउँ पर्दा पनि बोटबिरुवा र वन्यजन्तुलाई असर पुग्छ । वसन्त ऋतुमा हुने बाक्लो हिमपातले फूल फुलेका र पालुवा फेरेका बोटबिरुवालाई वृद्धि विकास हुनबाट रोक्छ । यस्तै न्यानो खोजिरहेका जीवजनावर तथा वन्यजन्तुलाई समेत एक्कासी पर्ने हिमपातले कठिनाइ हुने गरेको स्थानीयवासीले बताएका छन् ।

बेमौसमी हिमपातले चिसो बढेसँगै उच्च क्षेत्रका बासिन्दालाई समेत असहज भएको स्थानीयले बताएका छन् । केही दिनअघि न्यानो मौसम सुरु भएर पशुचौपायासहित उच्च गोठ सार्दै लगेका पशुपालकले समेत समस्या भएको बताए । केही न्यानो महसुस गरेर माथिल्लो भेगमा गोठ सारेपछि भएको हिमपातले असर गरेको भेडापालक गोपाल विष्टले बताउनुभयो । यस्तै वर्षा र हिमपातले हिमाल हेर्न, आरोहण गर्न आएका पर्यटकलाई समेत असर पुर्‍याउने पर्यटन व्यवसायीले बताएका छन् । रासस