• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

मालदार मन्त्रालयका लागि १० औं करोडको डिल हुन्छन्ः रास्वपा नेता वाग्ले



काठमाडौँ । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताउनुभएको छ ।

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताउनु भयो । उहाँले पैसाका कारण लोकतन्त्त पनि विकृत हुँदै गएको बताउनु भयो । उहाँले परम्परागत र पुराना पार्टीहरुमा टिकट पैसामा किनबेच हुने गरेको आरोप लगाउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा भने ढुक्कसँग टिकट पाएको बताउनु भयो । उहाँले मालदार मन्त्रालयमा १० औं करोडको डिल हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुशासनका कुराहरु छन्, पैसा कहाँबाट आउँछ, पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ, लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भुमिका कस्तो छ ? भन्नेकुरा जोडिएको छ । अन्य परम्परागत पार्टी, पुराना पार्टीहरुमा टिकटको किनबेच, यहाँ कुनैपनि हस्तक्षेप भएन । हामी ढुक्कले उम्मेदवार बुझ्नसक्यौँ ।

अन्य पार्टीहरुमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ । झनै मालदार मन्त्रीहरुका लागि कस्तो हुन्छ ? मालदार मन्त्रालयमा त १० औं करोडको डिले हुन्छ भन्ने छ । यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ ? सत्तामा पुगिसकेपछि झन के हुन्छ ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ । त्यसलाई क्लिनअप गर्नको लागि प्राइमरीको कन्सेप्टलाई यो पार्टीले अवलम्वन गरेको छ । त्यो भनेको सुशासनको पहिलो खुड्किला हो ।’

डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रुपमा आफू तनहुँबाट विजयी हुने दाबी गर्नुभयो । उहाँले आफू पछि फर्किने नभइ अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताउनु भयो ।