२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिपब्लिकन फाउन्डेसन (नेपाल) को निमन्त्रणमा भारतीय राज्यमन्त्री तीन दिने नेपाल भ्रमणमा आउने



अ+ अ-

काठमाडौं, १८ चैत्र । भारत सरकारका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री तथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष रामदास आठवले तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

रिपब्लिकन फाउन्डेसन (नेपाल) ले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भारतीय राज्यमन्त्री आठवलेको नेपाल भ्रमणका बारेमा जानकारी गराएको हो ।

बुद्धका माहान् अनुयायी डा.अम्बेडकर को १३२औं जन्मदिन पारेर आयोजना गरिएको कार्यक्रमको निमन्त्रणालाई स्विकार गरी विशिष्ट अतिथिको रुपमा उनी आगामी चैत्र ३० गते नेपाल आउने भएका छन् ।

‘नव वर्ष २०८० को पावन अवसर पारी शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक एवम् सम्मान कार्यक्रम २०८० लाई भव्यताका साथ सफल बनाउन र संयोगले बुद्धका माहान् अनुयायी डा. अम्बेडकर को १३२ औं जन्मदिन अप्रिल १४ तारिक र हामी नेपालीको नयाँ वर्षपनि एकै दिन परेको हुँदा हाम्रो निमन्त्रणालाई स्वीकार गरी भारत सरकारका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री तथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष माननीय रामदास आठवलेज्यु तीन दिने नेपाल भ्रमणका साथै यस कार्यक्रमको अति विशिष्ट अतिथिको रुपमा आउनहुने जानकारी गराउँछौं,’– रिपब्लिकन फाउन्डेसन नेपालले जारी गरेको सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

उनको तीन दिने नेपाल भ्रमणको क्रममा अम्बेडकरको १३२औं जन्मजयन्ती समारोह, विशिष्ट व्यक्तित्वहरूलाई अभिनन्दन र सम्मान सांस्कृतिक कार्यक्रम, फाउन्डेसनको उदघाटन र देवघाट, नवलपरासीमा निर्माणाधिन बुद्ध शान्त पार्कको अवलोकन, देवघाट घोषणापत्र जारीलगायतका कार्यक्रम रहेको बताइएको छ ।

उक्त कार्यक्रममा नेपालबाट पनि विशिष्ट व्यक्तिहरूको प्रतिनिधित्व हुने र नेपाल र भारतबीच भविष्यमा गर्न सकिने कार्यहरूका बारेमा छलफलसमेत हुने रिपब्लिकन फाउन्डेसन (नेपाल) का महासचिव प्रकाश सुवेदीले बताए ।

उक्त समारोहमा सांस्कृतिक कार्यक्रमा चर्या नृत्य, कुमारी नृत्य, दुर्गाकाली नृत्य, गीत प्रस्तुति, लाखेनाँचलगायतका प्रस्तुतिहरु रहने बताइएको छ ।

‘उहाँहरु ३० गते नेपालमा आउँदै हुनुहुन्छ । ३० गते ११ बजे बिहान उहाँ नेपाल आइसकेपछि हाम्रो संस्थाको कार्यक्रममा सहभागी हुनुहुनेछ । वैशाख १ गते विहान केही धार्मिक स्थानमा उहाँको दर्शन हुन्छ । त्यपछि १२ः३० मा राष्ट्रिय नाँचघरमा हामी कार्यक्रम गर्ने छौं । कार्यक्रममा अन्य विशिष्ट अतिथिहरु पनि सहभागी हुनुहुने छ,’– सुवेदीले भने ।

रिपब्लिकन फाउन्डेसन (नेपाल) ले पाँच वटा क्षेत्रमा काम गर्न लागेको पनि उनले बताए । शिक्षा, स्वासथ्य, रोजगार, जातीय छुवाछुतको अन्त्यका लागि जनचेतना कार्यक्रम र पर्यटनको विकाससँग जोडिएर काम गर्न लागेको पनि उनले बताए ।