११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

रिपब्लिकन फाउन्डेसन (नेपाल) को निमन्त्रणमा भारतीय राज्यमन्त्री तीन दिने नेपाल भ्रमणमा आउने

रिपब्लिकन फाउन्डेसन (नेपाल) को निमन्त्रणमा भारतीय राज्यमन्त्री तीन दिने नेपाल भ्रमणमा आउने
अ अ+ अ-

काठमाडौं, १८ चैत्र । भारत सरकारका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री तथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष रामदास आठवले तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

रिपब्लिकन फाउन्डेसन (नेपाल) ले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भारतीय राज्यमन्त्री आठवलेको नेपाल भ्रमणका बारेमा जानकारी गराएको हो ।

बुद्धका माहान् अनुयायी डा.अम्बेडकर को १३२औं जन्मदिन पारेर आयोजना गरिएको कार्यक्रमको निमन्त्रणालाई स्विकार गरी विशिष्ट अतिथिको रुपमा उनी आगामी चैत्र ३० गते नेपाल आउने भएका छन् ।

‘नव वर्ष २०८० को पावन अवसर पारी शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक एवम् सम्मान कार्यक्रम २०८० लाई भव्यताका साथ सफल बनाउन र संयोगले बुद्धका माहान् अनुयायी डा. अम्बेडकर को १३२ औं जन्मदिन अप्रिल १४ तारिक र हामी नेपालीको नयाँ वर्षपनि एकै दिन परेको हुँदा हाम्रो निमन्त्रणालाई स्वीकार गरी भारत सरकारका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री तथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष माननीय रामदास आठवलेज्यु तीन दिने नेपाल भ्रमणका साथै यस कार्यक्रमको अति विशिष्ट अतिथिको रुपमा आउनहुने जानकारी गराउँछौं,’– रिपब्लिकन फाउन्डेसन नेपालले जारी गरेको सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

उनको तीन दिने नेपाल भ्रमणको क्रममा अम्बेडकरको १३२औं जन्मजयन्ती समारोह, विशिष्ट व्यक्तित्वहरूलाई अभिनन्दन र सम्मान सांस्कृतिक कार्यक्रम, फाउन्डेसनको उदघाटन र देवघाट, नवलपरासीमा निर्माणाधिन बुद्ध शान्त पार्कको अवलोकन, देवघाट घोषणापत्र जारीलगायतका कार्यक्रम रहेको बताइएको छ ।

उक्त कार्यक्रममा नेपालबाट पनि विशिष्ट व्यक्तिहरूको प्रतिनिधित्व हुने र नेपाल र भारतबीच भविष्यमा गर्न सकिने कार्यहरूका बारेमा छलफलसमेत हुने रिपब्लिकन फाउन्डेसन (नेपाल) का महासचिव प्रकाश सुवेदीले बताए ।

उक्त समारोहमा सांस्कृतिक कार्यक्रमा चर्या नृत्य, कुमारी नृत्य, दुर्गाकाली नृत्य, गीत प्रस्तुति, लाखेनाँचलगायतका प्रस्तुतिहरु रहने बताइएको छ ।

‘उहाँहरु ३० गते नेपालमा आउँदै हुनुहुन्छ । ३० गते ११ बजे बिहान उहाँ नेपाल आइसकेपछि हाम्रो संस्थाको कार्यक्रममा सहभागी हुनुहुनेछ । वैशाख १ गते विहान केही धार्मिक स्थानमा उहाँको दर्शन हुन्छ । त्यपछि १२ः३० मा राष्ट्रिय नाँचघरमा हामी कार्यक्रम गर्ने छौं । कार्यक्रममा अन्य विशिष्ट अतिथिहरु पनि सहभागी हुनुहुने छ,’– सुवेदीले भने ।

रिपब्लिकन फाउन्डेसन (नेपाल) ले पाँच वटा क्षेत्रमा काम गर्न लागेको पनि उनले बताए । शिक्षा, स्वासथ्य, रोजगार, जातीय छुवाछुतको अन्त्यका लागि जनचेतना कार्यक्रम र पर्यटनको विकाससँग जोडिएर काम गर्न लागेको पनि उनले बताए ।