१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

जनकपुर उपमहानगर प्रमुख साहसँग अमेरिकी राजदूत थम्पसनको भेट

जनकपुर उपमहानगर प्रमुख साहसँग अमेरिकी राजदूत थम्पसनको भेट
अ अ+ अ-

जनकपुर । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले आज जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहसँग उपमहानगरपालिकाको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा उपमहानगर प्रमुख साहले राजदूत थम्पसन, वहाँकी धर्मपत्नी, अमेरिकी विकास सहयोग संस्थाका निर्देशक सेफिद किवेंशाद तथा अमेरिकी दूतावासका अधिकृतहरुलाई आगमन गम्छा ओढाई स्वागत गर्नुभएको थियो ।

भेटका अवसरमा उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको परिचयात्मक कार्यक्रम गरिएको थियो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशिले उपमहानगरपालिकाको परिचय तथा हालका कार्यक्रम लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उपमहागरपालिकाले जनाएको छ ।

उक्त अवसरमा महामहिम राजदूतले जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट हाल भइरहेका तथा आगामी गतिविधिबारे गरिएको प्रस्तुतीकरणमा उपमहानगरपालिकाको तर्फबाट भएका कार्यको प्रशंसा गर्नुका साथै महिला सशक्तीकरण र सीमान्तकृत समुदायको हकहित विषयमा भइरहेका कार्यबारे जिज्ञासा राख्नुभएको थियो ।

उपमहानगर प्रमुख साहले जनकपुरधाम एक विश्व प्रसिद्ध मिथिला, सांस्कृतिक र सामाजिक धार्मिक शहर रहेको भन्दै यसको आर्थिक सामाजिक विकासमा सांस्कृतिक, पर्यटन र कृषि क्षेत्रको ठूलो योगदान पुग्ने भएकोले यसको विकासको लागि बाह्य सहयोग तथा लगानीको आवश्यकतामा जोड दिनुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत शशिले मूल्य तथा आपूर्ति शृङ्खलामा आबद्ध गरी कृषि औद्योगिकरण एवं पर्यटन पूर्वाधारमा सार्वजनिक निजी साझेदारी अवधारणामा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन उपमहानगरपालिका तत्पर रहेको विषयवस्तुमा जानकारी दिनुभयो ।

उपमहानगरपालिकाको तर्फबाट प्रमुख साहले राजदूतलाई जानकी मन्दिरको उपहार प्रदान गर्दै जनकपुरधाम र संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहर बीच भगिनी सम्बन्ध कायम गर्न उपयुक्त हुने विचार प्रस्तुत गर्नुभयो।

राजदूत थम्पसनले जनकपुरधाम उपमहानगरको भ्रमण गर्न पाउँदा आफू हर्षित भएको र उपमहानगरपालिकाको तर्फबाट प्रस्तुत गरिएको आतिथ्यता र सौहार्र्दपूर्ण स्वागतका लागि धन्यवाद दिनुभएको थियो ।