• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार

अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैन: खानेपानीमन्त्री अब्दुल खान(भिडियोसहित)



फाईल फोटो

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसकेपनि राम्रो काम गरेको दाबी गर्नुभयो । उहाँले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम शुरु गरेको बताउनु भयो ।

उहाँले अब छिटै नै विभिन्न सार्वजनकि स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताल लगायतका स्थानमा सार्वजनिक धारा राख्ने बताउनु भयो । उहाँले मन्त्रालयका विभिन्न समस्याका कारण अझैपनि आफूले चाहेको गतिमा काम गर्न नसकेको बताउनु भयो । मन्त्री खानले बोतल र जारमा महंगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गर्नुभयो । उहाँले देशका रेक क्षेत्रमा ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्नेगरी मन्त्रालयले काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले एक घर एक धाराको अभियानका रुपमा काम अघि बढाइरहेका छौँ । यो काममा हाम्रो मन्त्रालय अघि बढेको छ । हामीले पानीको वितरण दुई महिनाभित्र अघि बढेको छ, यो हाम्रो मन्त्रालयको निम्ति र मैले सोचेको अनुसार ऐतिहासिक काम हो, यही अनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन । सार्वजनिक धारा हामीले अहिले सिंहदरबारका विभिन्न स्थानमा राखेका छौँ, यसका अलावा हामीले सार्वजनिक स्थल, अस्पताल, बसपार्क, एयरपोर्टमा राख्ने सोच छ ।’

‘मैले जुन स्प्रिटले काम गर्नुपर्ने हो त्यो अनुसार त अहिले पनि काम गर्न पाएको छैन । किनभने विभिन्न किसिमका बाधाहरु हुन्छन्, त्यो बाधाहरु पार गर्दै अघि बढ्ने स्प्रिट पाएको छैन । बोतल र जारको पानीमा जुन अनियमितता, महंगी छ त्यो नहुनुपर्ने हो, पानीमा हामी यत्रो धनी हुँदाहुँदै पनि यत्रो महंगोमा किनेर खानुपर्ने कुरा दु:खको कुरा हो, पानीको मूल्य घटाउनुपर्छ । खानेपानीको समस्या समाधान गर्ने, दुई देखि अढाई वर्षसम्म तराई मधेसका समस्या समाधान गर्ने र ५ वर्षभित्र हाम्रो देशको पानी विदेशमा निर्यात गर्ने योजना छ । दुईदेखि ३ महिना र ५ महिनासम्ममा बोतल र जारको पानीको मूल्य घटाउँछौँ । १ वर्षभित्रमा मेलम्ची २ को समस्या समाधान गर्नेछौँ ।’

शुक्रवार खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा नि:शुल्क रुपमा सेवा पाउनेगरी स्वच्छ खानेपानी धाराको उद्घाटन भएको हो । निकट भविष्यमा काठमाडौं उपत्यकाका अन्य सार्वजनिक ठाउँमा सेवा बिस्तार गर्ने मन्त्तालयको योजना छ ।