१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सम्मानजनक सहभागिता नगराए सरकार बाहिरै बस्छौँ– कोइराला समूह

सम्मानजनक सहभागिता नगराए सरकार बाहिरै बस्छौँ– कोइराला समूह
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा सम्मानजनक सहभागिता नगराइए सरकारमा सहभागिता नजनाउने बताएको छ ।

पार्टीको १४औँ महाधिवेशनमा डा शेखर कोइराला समूहबाट निर्वाचित पदाधिकारीमध्ये उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायतको बैठकले सरकारमा आफ्नो समूहको सम्मानजनक सहभागिता हुनेपर्ने अडान राखेको छ ।

सहमहामन्त्री परियारका अनुसार सरकारमा आफ्नो समूहको सम्मानजनक सहभागित हुनुपर्ने विषयमा बैठकमा छलफल भएको भन्दै सम्मानजनक सहभागिता नगराइए सरकारबाहिरै बस्ने कुरा उठेको छ ।

बैठकपछि नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष पनि सम्मानजनक सहभागिता हुनुपर्ने सन्देश सुनाउनुभएको बताइएको छ ।

आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । नेपाली कांग्रेसले आठ वटा मन्त्रालय पाउने सहमति भएको छ । कोइराला समूहबाट उपसभापति गुरुङ र मोरङबाट निर्वाचित डिगबहादुर लिम्बूलाई मन्त्री बनाउने चर्चा छ तर उक्त समूहले कम्तीमा तीनवटा मन्त्रालय चाहिने बताउँदै आएको छ ।