२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावल नसचिए पार्टीले उचित निर्णय लिन्छ: उपाध्यक्ष पौडेल



अ+ अ-

धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भीम रावलले एकपछि अर्को गल्ति गर्दै पार्टीको हित विपरीत काम गरेको आरोप लगाएका हुन् ।

भीम रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको बताउदै आत्मालोचना गरेर असल नेताको रुपमा अघि बढ्नुपर्ने उपाध्यक्ष पौडेलले सुझाए ।

‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ ।’, उपाध्यक्ष पौडेलले भने, ‘उहाँले पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’