१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेकपा एस, जसपा र लोसपाबाट को को बन्दैछन् मन्त्री ?

नेकपा एस, जसपा र लोसपाबाट को को बन्दैछन् मन्त्री ?
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले सत्ता गठबन्धनका दलसँग एक बजेसम्ममा मन्त्रीको नाम माग गर्नुभएको छ । प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुलाई आजै दिउँसो ३ बजे शपथ गराउने तयारी गर्नुभएको बताईएको छ ।

गठबन्धनबाट सरकारमा सहभागी हुने ९ दलमा कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा (एकीकृत समाजवादी)लाई २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय भागमा परेको छ । यद्यपि, मन्त्रालय बाँडफाँटको विषयमा भने अझै स्पष्ट रुपमा टुङ्गिएको छैन ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्री बन्नेछन् । जसमा रक्षा, अर्थसहितको मन्त्रालय पाउने निश्चित भइसकेको छ । यस्तै, नेकपा(एकीकृत समाजवादी)बाट भौतिक पूर्वाधारमा प्रकाश ज्वाला र कृषि मन्त्रालयमा बेदुराम भुसाल जाने निश्चित भएको बताईएको छ ।

लोसपाबाट शरदसिं भण्डारी श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् । यस्तै, जसपाले शिक्षा र वन मन्त्रालय पाएकोको छ । तर को मन्त्री बन्ने भन्ने बारे अझै टुङ्गिएको छैन ।