२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपिएफलाई ललितपुर मेयर्स कपको उपाधि



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशमाथि ५४ रनको जित निकाल्दै विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले कोशी प्रदेशलाई पराजित गर्दै लगातार तेस्रो पटक उपाधि उचालेको हो । एपिएलले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई समान आठ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । बिहीवार सम्पन्न फाइनलमा एपिएफले प्रश्तुत गरेको एक सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १ सय रन मात्र बनाउन सक्यो ।

कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन जोडिन् । यसैगरी लकिता राजजंशीले अविजित २१ र अप्सरी बेगमले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कोशीलाई सस्तैमा समेट्ने क्रममा एपिएफका लागि बिनु बुढा मगरले दुई तथा सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एक÷एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले पूरै २० ओभरमा १ सय ५४ रनको योगफल बनाएको थियो । शुरुवातबाट नै एपिएफले आक्रामक ब्याटिङ गरेको थियो । सो क्रममा ललितपुर मेयर्स कपमा एपिएफले बनाएको सर्वाधिक ठूलो स्कोर पनि हो । यसअघि सन् २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स–११ ले लुम्बिनी प्रदेशबिरुद्ध १ सय ४४ रन बनाएको थियो । एपिएफका लागि कप्तान सीता राना मगरले ६८ बलमा ९ चौका र २ छक्काको मद्दतमा अविजित ७९ रन जोडिन् । यो ललितपुर मेयर्स कपको एक इनिङमा सबैभन्दा उच्च व्यक्तिगत योगफल हो ।

यसअघि पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले लुम्बिनी प्रदेशविरुद्ध ७७ रन जोडेकी थिइन् । यसैगरी इन्दु वर्मा ४१ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५१ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि सीता र इन्दुले अविजित १ सय ३६ रनको साझेदारी गरेका थिए । यो ललितपुर मेयर्स कपमा कुनैपनि विकेटको लागि भएको उच्च साझेदारी हो ।

यसअघि पहिलो संस्करणमै ललितपुरका सुमन खतिवडा र अश्मिना कर्माचार्यले छैटौं विकेटका लागि लुम्बिनीबिरुद्ध अविजित १ सय ८ रनको साझेदारी गरेका थिए । कोशीका लागि एक मात्र विकेट अलिशा खडियाले लिइन् ।
एपीएफ समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको थियो । समूह चरणमा तीन खेलमा जित र एकमा हारको नतिजासहित दोस्रो स्थानमा रहेर कोशी फाइनल पुगेको थियो ।

प्रतियोगितामा नेपाल एपिएफ क्लबकी सीताराना मगर सर्वोत्कृष्ट खेलाडी घोषित भइनन् । यस्तै कोशीकी कप्तान रुविना क्षेत्री उत्कृष्ट ब्याटर र युवा तिव्र गतिकी बलर निशा शाह बलर घोषित भइन् ।

 




भर्खरै