• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या ★   फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय ★   कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत ★   तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित ★   श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ: मन्त्री अर्याल ★   वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे ★   अफ्रिकामा अझै निर्मूल भएन मलेरिया, जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै

एपिएफलाई ललितपुर मेयर्स कपको उपाधि



काठमाडौँ । कोशी प्रदेशमाथि ५४ रनको जित निकाल्दै विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले कोशी प्रदेशलाई पराजित गर्दै लगातार तेस्रो पटक उपाधि उचालेको हो । एपिएलले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई समान आठ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । बिहीवार सम्पन्न फाइनलमा एपिएफले प्रश्तुत गरेको एक सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १ सय रन मात्र बनाउन सक्यो ।

कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन जोडिन् । यसैगरी लकिता राजजंशीले अविजित २१ र अप्सरी बेगमले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कोशीलाई सस्तैमा समेट्ने क्रममा एपिएफका लागि बिनु बुढा मगरले दुई तथा सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एक÷एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले पूरै २० ओभरमा १ सय ५४ रनको योगफल बनाएको थियो । शुरुवातबाट नै एपिएफले आक्रामक ब्याटिङ गरेको थियो । सो क्रममा ललितपुर मेयर्स कपमा एपिएफले बनाएको सर्वाधिक ठूलो स्कोर पनि हो । यसअघि सन् २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स–११ ले लुम्बिनी प्रदेशबिरुद्ध १ सय ४४ रन बनाएको थियो । एपिएफका लागि कप्तान सीता राना मगरले ६८ बलमा ९ चौका र २ छक्काको मद्दतमा अविजित ७९ रन जोडिन् । यो ललितपुर मेयर्स कपको एक इनिङमा सबैभन्दा उच्च व्यक्तिगत योगफल हो ।

यसअघि पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले लुम्बिनी प्रदेशविरुद्ध ७७ रन जोडेकी थिइन् । यसैगरी इन्दु वर्मा ४१ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५१ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि सीता र इन्दुले अविजित १ सय ३६ रनको साझेदारी गरेका थिए । यो ललितपुर मेयर्स कपमा कुनैपनि विकेटको लागि भएको उच्च साझेदारी हो ।

यसअघि पहिलो संस्करणमै ललितपुरका सुमन खतिवडा र अश्मिना कर्माचार्यले छैटौं विकेटका लागि लुम्बिनीबिरुद्ध अविजित १ सय ८ रनको साझेदारी गरेका थिए । कोशीका लागि एक मात्र विकेट अलिशा खडियाले लिइन् ।
एपीएफ समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको थियो । समूह चरणमा तीन खेलमा जित र एकमा हारको नतिजासहित दोस्रो स्थानमा रहेर कोशी फाइनल पुगेको थियो ।

प्रतियोगितामा नेपाल एपिएफ क्लबकी सीताराना मगर सर्वोत्कृष्ट खेलाडी घोषित भइनन् । यस्तै कोशीकी कप्तान रुविना क्षेत्री उत्कृष्ट ब्याटर र युवा तिव्र गतिकी बलर निशा शाह बलर घोषित भइन् ।